ऊर्जा सचिव अनुपकुमार उपाध्यायले दिए राजिनामा, यस्ताे छ कारण

ऊर्जा सचिव अनुपकुमार उपाध्यायले दिए राजिनामा, यस्ताे छ कारण

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

२० मंसिर, काठमाडौं । ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएकाे बताइएकाे छ ।

सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया सुरु गरेपछि आगामी फागुनमा अवकास पाउँन लागेका उनले पदबाट राजिनामा दिएका हुन् ।

लोडसेडिङ हटाउने अभियानमा उनले तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै सञ्चालक समितिको अध्यक्षकाे जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका  निर्वाह गरेका थिए ।

उता आयोग गठनका लागि ऊर्जा मन्त्रालयका अर्का सचिव सञ्जय शर्माको नेतृत्वमा समिति बनाइएको छ । समितिले कात्तिक ३० गते २१ दिनको समय सीमा राखेर आयोगमा अध्यक्षसहित ४ जना पदाधिकारीका लागि दरखास्त आह्वान गरेको छ ।

समग्र विद्युत क्षेत्रको नियनमनका लागि शक्तिशाली आयोग गठन गर्न खुला प्रतिस्पर्धा आह्वान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ