एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताको बचाऊ गर्दै मन्त्री बास्काेटले भने-अवार्ड थाप्दा केपी ओली अपराधी हुने ?  

एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताको बचाऊ गर्दै मन्त्री बास्काेटले भने-अवार्ड थाप्दा केपी ओली अपराधी हुने ?  

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

२० मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी ओलीकाे बचाऊ गर्दै  केही मिडियाले मिसन नै बनाएर सरकारलाई खेद्नका लागि तथ्यहरु तोडमोड गरिरहेको आरोप लगाएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित विहीबारको नियमित पत्रकार सम्मेलनमा पछिल्लाे समय विवादास्पद एसिया प्यासिफिक समिट र निर्मला पन्त प्रकरणमा लगातार आलोचना खेपिरहेका प्रधानमन्त्री अाेलीकाे बचाउ गर्दै मन्त्री बास्कोटाले स्वतन्त्र सञ्चारमाध्यमप्रति सरकारको कुनै पूर्वाग्रह नरहेको दाबीसमेत गरे

केही सञ्चारमाध्यम सरकारविरुद्ध मिसन बनाएर लाग्दा भविश्यमा उनीहरुकै विश्वसनीयतामाथि जनताले प्रश्न गर्ने  भन्दै उनले पत्रकारमाथि नै प्रश्न गरे- के मिडियाचाहिँ जवाफदेही बन्नुपर्दैन ?

मन्त्री बास्कोटाले भने- ‘हामी भक्तमान प्रकरण पनि सम्झौं, दिलशोभा काण्ड पनि सम्झौं । भक्तमान श्रेष्ठलाई अपहरण गर्ने अहिलेका गृहमन्त्री हुन् भनेर लेखिएकै हो नि । तर, अनुसन्धानबाट उनको अपहरण फिरौतीका लागि रहेछ भन्ने देखियो । दिलशोभा श्रेष्ठमाथि ‘सेक्स र्‍याकेट’ चलाएको भनेर पनि लेखियो । के त्यो मिडियाले कुरा प्रमाणित गर्न सक्यो ? मिडियालेचाहिँ जवाफदेहिता लिनुपर्दैन ?’

युनिभर्सल पिस फेडरेशनका यस्तैखाले सम्मेलनमा यसअघि तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाहरु पनि सहभागी भएको बताउँदै मन्त्री बास्कोटाले यसपटक केही मिडियाले पूर्वाग्रह साँधेर प्रधानमन्त्री र सरकारको खेदो खनेको आरोप लगाए ।

उनले केही मिडियाले विगतका फोटो छाप्ने क्रममा पनि कम्युनिस्ट नेताहरुका मात्रै छानीछानी ल्याएको आरोपसमेत लगाए । बास्कोटाले भने- त्यही सम्मेलनमा कांग्रेसका नेता प्रदीप गिरी, सुजाता कोइरालाहरु पनि हुनुहुन्थ्यो । तर, मिडियाले देखेन ।’

एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताको बचाऊ गर्दै मन्त्री बास्कोटाले भने-‘हिजो कुनै पार्टीका नेता वा प्रधानमन्त्री सहभागी हुँदा त्यही सम्मेलन पवित्र हुने, त्यही अवार्ड थाप्दा गिरिजाप्रसाद शान्तिदूत हुने, अनि आज त्यही अवार्ड केपी ओलीले थाप्दा अपवित्र हुने ? केपी ओली अपराधी हुने ?

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ