सीके राउत जेल चलान

सीके राउत जेल चलान

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

 

२० मंसिर, काठमाडौं । राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सीके राउतलाई बिहिवार जेल चलान गरिएको छ । जिल्ला अदालत, रौतहटले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई जिल्ला कारागारमा चलान गरिएको प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालले पुष्टि गरे । यसअघि २१ असोजमा उनी रौतहटबाट पक्राउ परेका थिए । उनको परिवारले १२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।

तर, सर्वोच्चले राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेपछि उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । यसअघि उनी पक्राउ पर्दै छुट्दै गर्ने गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ