काठमाडौं मंसिर २० ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाका विषयमा छलफल गर्न सरकोरवाला पक्षलाई बोलाएको छ ।
सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ सहित राष्ट्रिय गौरवका ७ वटा आयोजनाका प्रमुखलाई बोलाएको समिति सचिव सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
सरोकारवाला पक्षसँग ती आयोजना कार्यान्वयनमा भइरहेको प्रगति र चुनौतिका विषयमा छलफल हुने कुँइकेलले बताउनुभयो ।
सो समितिले हिजो संघीय संरचनामा देखिएको विवाद र गुनासो सम्बोधनका लागि तहगत समन्वयबारे सरोकारवालासँग छलफल गरेको थियो ।
यस्तै राष्ट्रिय सभा कै विधायन व्यवस्थापन समितिमा ऐनको वर्गीकरण र कार्यान्वयनका विषयमा छलफल हुँदैछ ।
सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।