राष्ट्रपति भण्डारी स्वदेश फर्कदै

राष्ट्रपति भण्डारी स्वदेश फर्कदै

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, मंसिर २० ।

जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलनमा सहभागी भएर राष्ट्रपति विद्यादेवी भण्डारी आज  स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ बिहान ११ बजे त्रिभुवन विमानस्थल ओर्लनु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पोल्याण्डमा रहँदा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन संरचनासम्बन्धी सम्मेलनमा सम्बोधन गर्नुका साथै पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डुडासँग  भेटवार्ता गर्नुभएको थियो ।

सम्मेलनलाई सम्बोधनका क्रममा उहाँले नेपाल जस्ता न्युन कार्बन उत्सर्जन गर्ने मुलुकले बेहोर्नु परेको जलवायु परिवर्तन र ग्लोबल वर्मिङ असरबारे विश्व समुदायलाई जानकारी गराउनुभएको थियो ।

आफुहरुले गर्दै नगरेको गल्तीको सजाय भोगिरहेको उल्लेख गर्दै उहाँले प्रविधि र श्रोत सम्पन्न मुलुकहरुको सहयोगको अपेक्षा समेत गर्नुभएको थियो । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, केही सासंद र राष्ट्रपति कार्यालयका अधिकारी सहित राष्ट्रपति भण्डारी गत शनिबार पोल्याण्ड जानुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ