काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसको केन्द्रिय समितिकाे बैठक एक सातादेखि जारी छ । उक्त बैठकमा अागामि महाधिवेशन बैठकमा पेश गरीने राजनीतिक तथा आर्थिक प्रतिवेदन पारीतका लागि प्रस्तुत गरिदै छ ।
महासमिति बैठक यहि मंसिर २८ गते बस्दै छ । उक्त महासमिति बैठकमा पेश गरिने राजनीतिक तथा आर्थिक प्रतिवेदन तयार भइसकेकेा नेताहरूले बताएका छन् ।
बैठकका लागि आवश्यक राजनीतिक, सांगठनिक र अर्थ नीतिसम्बन्धी प्रस्ताव तयार भइसकेकाले केन्द्रीय समितिको जारी बैठकमै यसलाई पेस गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयाे ।
एक सातादेखि चलिरहेको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफल जारी छ । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेस गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौती गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राख्नुभएकाे छ ।
प्रस्तावित विधान मस्यौदामा ‘एक व्यक्तिः एक पद’को प्रस्ताव गरिएको छ । त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ । अनुशासन समिति र लेखा समितिको पनि छुट्टै व्यवस्था मस्यौदामा गरिएको छ ।