पार्टी एकता घोषणा गरेको ६ महिनापछि प्रदेश कमिटीले पायाे पूर्णता, पोलिट्ब्यूरो गठन कहिले ?

पार्टी एकता घोषणा गरेको ६ महिनापछि प्रदेश कमिटीले पायाे पूर्णता, पोलिट्ब्यूरो गठन कहिले ?

  • मङ्लबार, मंसिर १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, मंसिर १८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता घोषणा गरेको ६ महिनापछि प्रदेश कमिटी एकतालाई पूर्णता दिएको छ । तर पोलिट्ब्यूरो गठन हुन सकेको छैन भने तल्ला कमिटीको एकता हुन अझै समय लाग्ने नेताहरुको भनाइ छ । पार्टी सचिवालय, स्थायी र केन्द्रीय कमिटीले यसअघि नै पूर्णता पाएकाे छ ।

गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकता घोषणासभामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तीन महिनाभित्र तल्लो तहसम्मै एकता टुंगो लगाउने घोषणा गरेका थिए । नेकपाले दुई चरणमा गरी प्रदेश कमिटी एकतालाई पूर्णता दिएको छ ।

गत असोज ५ गते सातओटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम तय गरेको थियो ।यस्तै, मंसिर १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम टुंगो लगाएपनि विवाद भएपछि सोमबारमात्र सार्वजनिक गरेको हो ।

नेकपाको अन्तरिम विधानको व्यवस्थाअनुसार अझै पार्टी कमिटीमा जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, महानगर, उपमहानगर, नगर, गाउँ कमिटी, वडा वा शाखा कमिटी र पार्टी सेल कमिटी गठन गर्न बाँकी छ ।

यस्तै, जनवर्गीय संगठनतर्फका केन्द्रदेखि स्थानीय तहसम्मका एकता पनि टुंगो लाग्न बाँकी छ ।पार्टीका प्रभावशाली नेताहरु नै केन्द्रीय कमिटी र प्रदेश कमिटी एकतामा असन्तुस्ट छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ