आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता

  • मङ्लबार, मंसिर १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड बिच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत श्री देवेन्द्र प्रताप शाहले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहकहरुलाई निशुल्क रुपमा रु.१० लाख बराबरको दुर्घटना बीमा र रु.२५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गर्नेछ । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत श्री देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा रु.१० लाखको दुर्घटना बीमा तथा रु.२५ हजारको औषधोपचार बीमा हुने जानकारी दिंदै आफना ग्राहक हरुलाई थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्स लि. संग बीमा सेवाको लागि संझौता गरिएको जानकारी दिनुभयो ।

त्यसै गरी आइएमई जनरल इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ