चार महीनामै ६८ करोड राजश्व सङ्कलन

चार महीनामै ६८ करोड राजश्व सङ्कलन

  • सोमवार, मंसिर १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

कञ्चनपुर, १७ मङ्सिर ।

चार महीनामै आन्तरिक राजश्व कार्यालयले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५÷०७६ को पहिलो चौमासिकको कात्तिक मसान्तसम्ममा १३२ दशमलव १६ प्रतिशत बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

उक्त कार्यालयका कर अधिकृत टेकराज थापाले पहिलो चौमासिकमा रु ५२ करोड १९ लाख १७ हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६८ करोड ९७ लाख ४७ हजार राजश्व सङ्कलन भएको बताउनुभयो ।

आर्थिक वर्ष २०७४÷०७५ मा पनि उक्त कार्यालयले रु एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु एक अर्ब ४८ करोड २० लाख नौ लाख सङ्कलन गरेको थियो । जुन लक्ष्यभन्दा १२४ दशमलव ६ प्रतिशत बढी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ