गैरसरकारी संस्थाको सम्मेलनमा सरकारको संलग्नता भएकामा काँग्रेसको आपत्ति

 गैरसरकारी संस्थाको सम्मेलनमा सरकारको संलग्नता भएकामा काँग्रेसको आपत्ति

  • आइतवार, मंसिर १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौँ, १६ मङ्सिर । 

नेपाली काङ्ग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौँमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न भएको भनी आरोप लगाएको छ ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकले सम्मेलनमा सरकारको संलग्नता संविधानविपरीत भएको र राज्यको साधन एवं स्रोतको दुरुपयोग भएको भनी दुःख व्यक्त गरेको जानकारी दिनुभयो ।

बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको सफलता भड्किलो शैलीको प्रचारले होइन परिपक्व र जिम्मेवार ढङ्गको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यावहारिक यथार्थप्रति सरकारको ध्यानाकर्षण गराएको छ । निर्णयमा भनिएको छ, “सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहवद्र्धक भूमिकाबाट मात्र यसको सफल कार्यान्वयन हुने भरोसा प्रकट गर्दै प्रमुख प्रतिपक्षका रुपमा यसको सफलताका लागि काङ्ग्रेसको खबरदारी एवं आवश्यक साथ दुवै रहनेछ ।”

काङ्ग्रेसको सरकारका श्रममन्त्रीले सदनमा पेश गरेको विधेयक अहिले कार्यान्वयनको चरणमा प्रवेश गरेको जिकिर पनि प्रवक्ता शर्माले गर्नुभयो । सो विषय नेपाल ट्रेड युनियन काङ्ग्रेसले २०४८ देखि उठाउँदै आएको बताउँदै उहाँले भन्नुभयो, “श्रमिक क्षेत्र नै मुख्य बधाईको पात्र छ, काङ्ग्रेसका तर्फबाट हामी सम्पूर्ण श्रमिकलाई बधाई दिन चाहन्छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ