नेकपाको बुद्धिजीवि संगठनको राष्ट्रिय सम्मेलन पुस १५ मा

नेकपाको बुद्धिजीवि संगठनको राष्ट्रिय सम्मेलन पुस १५ मा

  • आइतवार, मंसिर १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

काठमाडौं, १६ मंसिर ।

नेपाल राष्ट्रिय वुद्धिजीवी सङ्गठनको सातौं राष्ट्रिय सम्मेलन आउँदो पुस १५ गते काठमाडौं हुने भएको छ ।

सम्मेलन आयोजक समितिको बैठक आइतबार काठमाडौंमा बसेको बैठकले संगठनको सातौं राष्ट्रिय सम्मेलन भव्यतसाथ सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने र आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको जनाइएको छ ।

अध्यक्ष विक्रम थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले सम्मेलनको लागि आर्थिक उपसमिति, प्रचारप्रसार उपसमिति, व्यवस्थापन उपसमिति र विधान प्रतिवेदन उपसमिति गठन गरेको जानकारी दिइएको छ ।

बैठकले पूर्वअध्यक्ष टीका कँडेलको प्रभावकारी र सफल नेतृत्वको लागि धन्यवाद दिएको छ । कँडेल गत साता राजधानीमा सम्पन्न अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको भेलाले महासंघको अध्यक्षमा चयन गरेको थियो ।

बैठकले देशभरका वुद्धिजीवी, शुभचिन्तक तथा जनसमुदायलाई सातौं राष्ट्रिय सम्मेलन सफल बनाउन हरप्रकारबाट सहयोग पुर्याउन समेत आह्वान गर्ने निर्णय लिएको छ । संगठन नेकपानिकट जनवर्गीय संगठन हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ