विराटनगर , १६ मंसिर । निर्मला पन्तको न्यायका लागि आज नेपाल कम्युनिष्ट पार्टीले देशभर र्याली सहित कोणसभा गरेको छ ।
गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको चार महिना बितिसक्दा समेत सरकारले अहिलेसम्म अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन नसकेको भन्दै निर्मलाको न्यायको माग सहित नेकपाले र्याली निकालेको हो ।
यसै क्रममा नेकपा विराटनगरमा पनि जनप्रदर्शन भएको छ । विराटनगरको सनसारी माइस्थानबाट सुरू भएको र्याली बिभिन्न स्थानको परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सवोधन गर्दे नेकपा मोरगंका ईन्चार्ज प्रज्वल श्रेष्ठले दलाल सत्ताले निर्मलालाई न्याय दिन नसकेको भन्दै राज्यले नसके पार्टीले कार्वाही गर्ने चेतावनी दिए ।
उनले राष्ट्रघात र जनघातमा ओली प्रचण्डहरु लागिरहेको भन्दै उनीहरुलाई एक दिन सडकमा ल्याएर जनकार्बाही गर्ने चेतावनी दिए ।
कार्यक्रममा कोशी ब्युरो सदस्य पुष्प कोईराला ( पवन) ले निशुल्क श्वास्थ्य , शिक्षा र रोजगारी सहितको नया समाजवादी व्यवस्था स्थापना नभए सम्म जनताले न्याय नपाउने बताउनु भयो ।
कोशी ब्युरो सदस्य आकाश शर्माले राज्यले जनतामाथि युद्ध थोपरे जनताले पनि युद्धबाटै जवाफ दिने बताउनु भयो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मनु अछामीले महिलाहरुले न्याय यो व्यवस्थामा पाउन नसक्ने बताउनु भयो ।
नेकपाका माेरङ इन्चार्ज प्रज्वल। सभालाइ सम्बाेधन गर्दै













