राणा परिवारले सरकारलाई बेचेको ८ सय ८ रोपनी जग्गाकाे सिंहदरवारको लालपुर्जा कहाँ छ ?

राणा परिवारले सरकारलाई बेचेको ८ सय ८ रोपनी जग्गाकाे सिंहदरवारको लालपुर्जा कहाँ छ ?

  • आइतवार, मंसिर १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, १६ मङ्सिर । सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ ।

सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालय अन्तर्गतको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिसँग रहेको छ ।

सचिवालय अहिले संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिले मन्त्रालय अन्तर्गत थियो ।

सचिवालयका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले लालपुर्जा आफूहरुसँग रहेको बताउनुभयो । ‘लालपुर्जा सरकारको नाममा छ’ –उहाँले भन्नुभयो ।

राणा परिवारले सरकारलाई सिंहदरबारको जग्गा बेचेका हुन् । सिंहदरबारमा ५० भन्दा बढी सानाठूला भवन रहेका छन् । सिंहदरबारभित्र भवन बनाउने र त्यसलाई व्यवस्थापन गर्ने काम पनि सचिवालयकै हो ।

उपत्यका भवन मर्मत सम्भार डिभिजनको नाम परिवर्तन भएर संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय बनेको हो, यसको कार्यालय खुसिबुमा रहेको छ ।

व्यवस्थापन कार्यालयले विशेष गरी ३ वटा क्षेत्रलाई हेर्नेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निवासलाई हेर्ने जिम्मा एक जना सिनियर डिभिजनल इन्जिनियर (सीडीई) को रहेको छ ।

यसले कुनैपनि सरकारी कार्यालय हेर्दैन । त्यसै गरी अर्का सीडीईले सिंहदरबार पुनर्निर्माण सचिवालयलाई हेर्ने गरेको भने अर्काले मन्त्री क्वार्टरको जिम्मा लिएका छन् ।

मन्त्री क्वार्टरमा पनि एक जना इन्जिनियर रहेका छन्, जसले त्यहाँभित्र भएका समस्यालाई समाधान गर्ने गरेका छन । -नेपाल समाचारपत्र दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ