काठमाडौँ, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले (भाेली) मङ्सिर १६ गते निर्मला पन्तको न्यायका लागि देशभर जनप्रदर्शन गर्ने भएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन नसकेको र उक्त घटनामा राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण नेपाली जनसमुदायलाई लज्जित बनाएको भन्दै दबाबमूलक जनप्रदर्शन गर्ने उक्त पार्टीले जनाएको छ ।
पार्टीले राष्ट्रियता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर सङ्घर्ष गर्दै आएको र देशव्यापी दबाबमूलक जनप्रदर्शन गर्ने केन्द्रीय निर्णयअनुसार काठमाडाैं सहित कञ्चनपुर, झापा, माेरङ्ग, इलाम लगायत जिल्लाहरूमा जनप्रदर्शन गर्न लागिएको नेकपाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नेकपाले जनप्रदर्शन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, समाजसेवी, नागरिक समाज, अधिकारकर्मी, व्यापारी, व्यवसायी, युवा, मजदुर, किसान, राजनीतिकर्मीलगायत सम्पूर्ण जनसमुदायलाई अपिल गरेकाे छ ।