एसिया प्रशान्त सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै,एसिया प्रशान्त क्षेत्रका उच्चस्तरीय राजनेता तथा प्रतिनिधिको सहभागिता

एसिया प्रशान्त सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै,एसिया प्रशान्त क्षेत्रका उच्चस्तरीय राजनेता तथा प्रतिनिधिको सहभागिता

  • शनिबार, मंसिर १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, १५ मंसिर । एसिया प्रशान्त सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

युनिभर्सल पिस फेडेरेसनको आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका उच्चस्तरीय राजनेता तथा प्रतिनिधिको सहभागिता रहने छ ।

सम्मेलनको मुख्य विषय ‘विश्वका गम्भीर चुनौतीहरुमाथि सम्बोधन: अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता’ रहेको छ ।

सम्मेलनमा विभिन्न सत्रहरुमा गरिबी, आतंकवाद, विकास, सुशासन र सांसदहरुको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिका, विश्वव्यापी शान्ति प्रक्रिया र शान्ति परियोजनालगायतका विषयमा छलफल हुने छ ।

विश्वका जल्दाबल्दा मुद्दा समाधान गर्न नविन सोच, सिर्जनशील, दूरदृष्टि राख्ने र साहसी नेतृत्वको आवश्यकता जस्ता विषयमा पनि बहस हुन आयोजक संस्था युनिभर्सल पिस फेडेरेसनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ