माथिल्लो तामाकोसीको प्राथमिक सेयर आज अपरान्ह तीन बजे बाँडफाँट हुने भएको छ।
सो कम्पनीमा कूल ३ लाख ४६ हजारको संख्यामा आवेदन परे पनि ३ लाख ३४ हजार ‘भेरिभाइ’ भएको विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ।
कूल १ करोड ५८ लाख ८५ हजार कित्ताको लागि आवेदन खुलाइएकोमा ७ लाख ९४ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो।
कूल १ करोड ५० लाख ९० हजार ७५० कित्ता मात्रै सर्वसाधारणका लागि बाँडफाँट हुने हो।
सेयरमा आवेदन दिएकामध्ये ५१. ८ प्रतिशत अर्थात् १ लाख ७३ हजार बढीले ५० कित्ता सेयर पाउने भएका छन्। झण्डै १ लाख ६१ हजारले ४० कित्ताका दरले सेयर पाउने भएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline