गृहकार्य नपुगेपछि नेकपा सचिवालय बैठक स्थगित

गृहकार्य नपुगेपछि नेकपा सचिवालय बैठक स्थगित

  • सोमवार, मंसिर १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, मंसिर १० ।
केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

आइतवार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्य्बिभाजन टुंगो लगाउने भनिएको थियो ।

तर ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य बिभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो । नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ ।

सचिवालय स्रोतका अनुसार बहुसंख्यक केन्द्रीय सदस्यहरुलाई भूगोलको काममा खटाइने भएको छ । पोलिटव्यूरो गठन गरेरमात्र केन्दीय कमिटीको कार्य बिभाजन गर्न केही नेताहरुले भने पनि अध्यक्षद्वय केपी ओली र प्रचण्डले तत्काल पोलिटव्यूरो गठनतिर चासो नदिएको एक नेताले बताएका छन् ।

नेकपाको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालिरहेका नेता कृष्णगोपाल श्रेष्ठले अहिले केन्द्रीय सदस्यहरुको कार्य बिभाजन सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठक बस्ने जानकारी आफूले पाएको जानकारी दिनुभयो ।

उनले पोलिटव्यूरो गठन अहिले नहुने जानकारी बताउनु भयो । स्रोतका अनुसार नेकपाका स्थायी कमिटी सदस्यहरुलाई प्रदेश इन्चार्ज र महत्वपूर्ण बिभागको प्रमुखको जिम्मेवारी दिइने भएको छ ।

विदेश बिभाग, प्रचार विभाग, संसदीय बिभाग, अर्थ तथा योजना विभाग, नीति अनुसन्धान बिभाग र संगठन बिभाग जस्ता विभागीय प्रमुखको जिम्मा सचिवालय र स्थायी कमिटीका सदस्यले पाउनेछन् ।

त्यस्तै पोलिटव्यूरो गठन नभएकाले तत्कालीन एमालेका पोलिटव्यूरो र तत्कालीन माओवादीको स्थायी कमिटी तथा सचिवालयमा रहेका नेताहरुमध्येबाट जिल्ला इन्चार्ज तोकिने भएको छ । यद्यपि सिनियर केन्द्रीय सदस्यहरुले पनि जिल्ला इन्चार्जको जिम्मेवारी पाउनेछन् ।

उदाहरणका लागि १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा पोलिटव्यूरो तहको नेता इन्चार्ज र केन्द्रीय सदस्य सहइन्चार्ज हुनेछन् । ७७ जिल्लामै इन्चार्ज र सहइन्चार्ज केन्द्रीय सदस्यहरु हुनेछन् । त्यसबाहेक महानगरपालिका लगायत महत्वपूर्ण स्थानीय तहमा पनि केन्द्रीय सदस्यलाई इन्चार्ज तोकिने भएको छ ।

केन्द्रीय सदस्यहरुको कार्य बिभाजन र प्रदेश कमिटी सदस्यहरुको नाम सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन गरिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ