नेकपाले नेताको जिम्मेवारी तोक्दै

नेकपाले नेताको जिम्मेवारी तोक्दै

  • सोमवार, मंसिर १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं मंसिर १० ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय सदस्यको कार्य विभाजन आज गर्ने भएको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य्विभाजन टुङ्ग्याउने नेकपाले जनाएको छ ।

अस्ती शनिबार बसेको बैठकले नै नेताहरुको कार्य्विभाजन गर्ने भनिएपनि थप छलफल आवश्यक रहेको भन्दै आजका लागि सारिएको हो ।

केन्द्रीय सदस्यको कार्य्विभाजन पछि मात्रै जनवर्गीय संगठनको एकिकरण प्रक्रियाको विषयमा प्रवेश गर्ने अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयले जनाएको छ ।

पार्टी एकता भएको ६ महिना वितिसक्दा पनि जिम्मेवारी नदिइएको भन्दै नेताहरुले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । पार्टीले गर्ने सबै निर्णय सचिवालय बैठकबाट मात्र हुने गरेको भन्दै तल्लो तहका नेता कार्यकर्ताले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

जिम्मेवारी बाँडफाँडको प्रस्ताव समेत स्थायी समितिले अनुमोदन गर्नुपर्ने केही नेताको माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ