नेकपाले काठमाण्डौमा जनसभा गर्दैः तीन स्थानबाट र्याली निस्कनेः कहाँ कस्को नेतृत्व ?

नेकपाले काठमाण्डौमा जनसभा गर्दैः तीन स्थानबाट र्याली निस्कनेः कहाँ कस्को नेतृत्व ?

देशभरबाट नेता कार्यकर्ता आउनेक्रम जारी

  • शनिबार, मंसिर ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंको भृकुटिमण्डपमा विशाल जनसभा गर्दै छ ।
पार्टीको पाँचौं पुर्नगठनको अबसर पारेर नेकपाले उत्सव र्याली र जनसभा आयोजना गरेको हो । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा ०७१ साल मंसिर ८ गते पुनर्गठन गरेको थियो । त्यसअघिप्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा (माओवादी) छाडेर मोहन वैद्य ‘किरण’को नेतृत्वमा गठन गरिएको ०६९ सालमा नेकपा–माओवादी गरेको थियो ।
पछि उक्त पार्टी क्रान्तिबाट पछि हटेको निस्कर्षसहित त्यो पार्टीसँग पनि सम्बन्ध विच्छेद गरेर पार्टी पुनर्गठन गरेको थियो ।
विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संसदीय पार्टीहरुले शान्तिप्रक्रियापछि धोका दिएको भन्दै सरकारले ल्याएको संविधान अस्वीकार गर्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिका कार्यक्रमसहित संघर्ष गर्दै आइरहेको छ ।
आज हुने जनसभामा नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ ।

सम्बोधनसँगै सरकारले अघि सारेको वार्ता तथा विकसित राजनीतिक घटनाक्रमबारे र नेकपाको आगामी कार्यक्रमबारे धारणा सार्वजनिक गर्नुहुने छ ।
नेकपा (माले)का महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेलले पनि जनसभालाई सम्बोधन गर्ने मिलनले बताउनु भयो ।
त्यस्तै जनसभाको अध्यक्षता नेकपा केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गर्नुहुनेछ भने संचालन पोलिटब्युरो सदस्य उमा भुजेलले गर्नुहुनेछ ।
जनसभमा सहभागी सबैलाई पोलिट्ब्यूरो सदस्य पदम राईले स्वागत गर्नुहुनेछ ।
त्यसैगरी नेकपाले काठमाडौंका तीन स्थानबाट केन्द्रीय नेताहरुको नेतृत्वमा र्याली पनि निकाल्ने जानकारी दिएको छ । कालीमाटीबाट सुरू हुने विभिन्न जनजाति, संस्कृतिसहितको जुलुसको नेतृत्व पार्टी पोलिटब्युरो सदस्यहरू जीवन्त र गम्भीरले गर्ने भएका छन् । बबरमहलबाट निस्कने जुलुसको नेतृत्व पोलितब्युरो सदस्य पदम राई, लैनचौरबाट निस्कने जुलुसको नेतत्व पोलिटब्युरो सदस्य तथा नेतृ भुजेलले गर्नुहुनेछ ।
पूर्वीकमान्डका अन्य केन्द्रीय नेताहरु बबरमहलमा, मध्यकमान्डका केन्द्रीय नेताहरु कालीमाटी पश्चिम तथा सुदूरपश्चिम कमान्डका नेताहरु लैनचौरबाट निस्कने जुलुसमा सहभागी हुने बताइएको छ ।
नेकपाले काठमाडौंका विभिन्न ठाउँहरुमा स्वगत गेट, व्यानर, वाल पेन्टिङ यसअघि नै गरिसकेको छ ।
शुक्रबार साँझ जनसभा परिचान समितिको बैठक बसेर सबै तयारी पूरा भएको प्रचार उपसमितिका संयोजक मिलनले बिज्ञप्ती मार्फत जानकारी गराउनुभएको तिथयो ।
जनसभाको टेलिभिजन, रेडियो र अनलाइनहरुले प्रत्यक्ष प्रसारण गर्ने नेकपाले जनाएको छ । रेडियो मिर्मिरे, एभिन्यूज, सगरमाथा र माउन्टेन टेलिभिजन लगायतले जनसभाको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ । जनसभास्थलमा वाईफाईको समेत व्यावस्था मिलाईएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ