नेकपाको मंसिर ८ को जनसभा तयारीबारे चार वटै कमान्ड इन्चार्ज यसो भन्छन्

नेकपाको मंसिर ८ को जनसभा तयारीबारे चार वटै कमान्ड इन्चार्ज यसो भन्छन्

  • बुधबार, मंसिर ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका कमान्ड इन्चार्जहरुले मङ्सिर ८ गतेको काठमाडौँको र्याली र जनसभाको भव्य तयारी भइरहेको बताएका छन् ।

सुदुरपश्चिम कमान्ड इन्चार्ज कञ्चनले सेती महाकाली, कर्णाली र भेरी ब्युरोमा पार्टी पुनरगठन दिवसको भव्य तयारी भइरहेको बताउनु भएको छ । त्यसैगरी पश्चिम कमान्डका राप्ती, लुम्बिनी, भेरी र गण्डक ब्युरोमा पनि पार्टी पुनरगठनको उत्समव, हर्सोल्लाससाथ तयारी भइरहेको छ ।

त्यसैगरी मध्य कमान्डका नारायणी, पश्चिम ताम्सालिङ, पूर्वी ताम्सालिङ र काठमाडौँ उपत्यकामा पनि भव्य तयारी भइरहेको जानकारी कमान्ड इन्चार्ज सुदर्शनले दिनुभएको छ ।

त्यसैगरी पूर्वी कमान्डका मेची, कोशी, सगरमाथा, र जनकपुर ब्युरोमा पार्टी पुनरगठन दिवसको भव्य तयारी भइरहेको पोलिट ब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले बताउनु भएको छ ।

यतिबेला काकडभित्ता, दमक इटहरी, विराटनगर, भोजपुर, गाइघाट, बर्दिबास, हेटौडा, विरगञ्ज, चितवन, पोखरा, गोरखा, बुटवल, नेपलगञ्ज, कर्णाली, धनगढीसहित प्रमुख शहर, शहर र बस्तीहरु भण्डा, ब्यानरले रातम्मे भएका छन् ।

मोटरसाइकल जुलुस, सांस्कृतिक सभा, जागरण सभाले शहर बस्ती र सडक तातेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ