भ्रष्टचार र अनियमितताका कारण बीपी प्रतिष्ठान अस्तव्यस्त, उपकुलपति रौनियारलाई हटाउने सरकारको तयारी

भ्रष्टचार र अनियमितताका कारण बीपी प्रतिष्ठान अस्तव्यस्त, उपकुलपति रौनियारलाई हटाउने सरकारको तयारी

  • बुधबार, मंसिर ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.8K
    SHARES

सुनसरी, ५ मंसिर ।
धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारमाथि भ्रष्टाचारको आरोप लागेको छ । उनले प्रतिष्ठानमा विभिन्न उपकरण खरिद र कर्मचारी अनि विद्यार्थी भर्ना गर्ने क्रममा भ्रष्टाचार गरेको तथा भवन निर्माणमा करोडौं भ्रष्टाचार गरेको र रजिष्ट्रारको सबै पदीय अधिकारमाथि हस्तक्षेप गरी आर्थिक लाभ लिएको विभिन्न समयमा गठित छानबिन समितिको प्रतिवेदनबाट समेत प्रमाणित भएपछि उनको असली चरित्र उदांगिन पुगेको छ ।
प्रतिष्ठानको ४१औं सिनेटको बैठकमा उपकुलपति रौनियारको भ्रष्टाचार सम्बन्धमा व्यापक कुरा उठेपछि सिनेटले नै प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा गठन गरेको छानविन समितिले उपकुलपतिप्राडा रौनियारले उपकरण खरिद र भवन निर्माणमा अनियमितता गरेको प्रतिवेदन पेश गरेको थियो ।
रौनियारको भ्रष्ट चरित्रको पर्दाफासपछि उनलाई कारवाही गरेर तत्काल बर्खास्त गर्न प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई समितिले सुझाव समेत दिएको थियो । छानबिन प्रतिवेदन सार्वजनिक भएपछि उनलाई हटाउन सरकारमाथि ठूलो दबाब परेको छ ।
दबाबपछि प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री यादव रौनियारलाई हटाउने कुरामा सहमत समेत भएको स्रोतको दाबी छ । दबाब दिन सत्तारुढ दलकै प्रदेश नम्बर १ का नेताहरु समेत प्रधानमन्त्री कार्यालयमा डेलिगेसन गएका थिए ।
डेलिगेसनमा रौनियारलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएको थियो । सोहीअनुरुप प्रधानमन्त्री ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनको दफा ११ (घ) बमोजिम प्रधानमन्त्री स्वास्थ्यमन्त्रीयादवको संयोजकत्वमा२०७५ असोज ५ गते ३ सदस्यीय छानविन समिति गठन गरेका थिए । उक्त दफा भनेको उपकुलपतिलाई पदमुक्त गर्ने दफा हो । तैपनि शक्ति र आर्थिक चलखेलको आधारमा उपकुलपति प्राडा रौनियार अझै पदमा नै रहेका छन् ।
उनको यो नैतिकहीन रवैया देखेर प्रतिष्ठानका कर्मचारीहरु आश्चार्यचिकत छन् । ‘उपकुलपतिको नैतिकता देख्दा लाज लागेर आउँछ’ एक कर्मचारीले मिर्मिरे अनलाइनलाई बताए । रौनियारले प्रतिष्ठानभित्र गरेको आर्थिक अनियमितताको दर्जनौं प्रमाण सुरक्षित रहेको विश्वस्त स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार रौनियारले प्रतिष्ठानलाई खरिद गरिएका नयाँ उपकरणहरु नियतबस बिगार्ने र पुनः नयाँ खरिद गरेर त्यसमा मोटो कमिसन खाने, उपचारका लागि प्रतिष्ठानमा आउने बिरामीहरुलाई नोवेललगायत निजी अस्पतालमा पठाई कमिसन लिने, आईसीयूका बिरामीलाई समेत आर्थिक लाभ लिन बाहिर पठाउने गरेका छन् । उनको कमिसन धन्दालाई प्रतिष्ठानकै केही अन्य भ्रष्ट कर्मचारीले साथ दिँदै आएका छन् ।
यसबाट प्रतिष्ठानका सीटी स्क्यान, एक्सरे लगायत जरुरी सेवाका उपकरणहरु चालू अवस्था नरहेको र सेवाग्रहीले ठूलो मार खेप्नु परिरहेको एक कर्मचारीले बताए । ‘नयाँ उपकरण ल्याएर के गर्नु, राम्रा पनि षडन्यत्रपूर्वक बिगारिदिन्छन् । मर्मत गरेर चलायो कि फेरि तुरुन्त बिगारिहाल्छन् । त्यसपछि काम गरेन भन्दै त्यो सामन कवाडीको भाउ देखाएर सामान बिक्री गर्छन् र भित्री रुपमा त्यसैमा मोटो रकम कमिसन लिन्छन्’ एक भुक्तभोगी कर्मचारीले बताए ।
यसबाट अहिले प्रतिष्ठानको सेवा अस्तव्यस्त हुनुका साथै प्रशासनिक काम प्रभावित बनेको छ । रौनियारले प्रतिष्ठानको ऐन विपरीत प्रतिष्ठानको जग्गामा स्थानीय जनप्रतिनिधिसँगको मिलेमतोमा व्यापारिक भवन निर्माणको चक्करमा लागिपरेको बताइएको छ ।
प्रतिष्ठानलाई हालतबाट जोगाउन उपकुलपति रौनियारलाई हटाउनुको कुनै विकल्प नरहेको कर्मचारीहरु बताउँछन् । पदबाट कुनैपनि बेला बर्खास्तगीमा पर्ने भयले अहिले रौनियार तनाप परेका छन् । त्यसैले उनले बर्खास्त भएमा न्यायालयको साहारा लिने तयारीमा लागेको बुझिाएको छ । सेटिङ मिलाउन भन्दै केही मेडिकल माफियालाई महंगा होटल तथा रेष्टुराँहरुमा जम्मा गराई  डिनर पार्टी चलाइरहेको रौनियार निकटस्थहरु बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ