काठमाडाैं, ४ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पुनःस्थापना दिवसको साताव्यापी कार्यक्रम अन्तरगत मंगलवार मुलुकका मुख्य शहरहरूमा देशको संकटपूर्ण अवस्था र राजनीतिक निकास विषयक अन्तरक्रिया कार्यक्रम गरेकेा छ । यसअघि नै घाेषित कार्यक्रम अन्तरगत नेकपाले काठमाडाैं, सुर्खेत, बुटवल लगायत देशका विभिन्न ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेकेा हाे ।
काठमाडौंमा नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन केन्द्रीय समितिले नेपाली जनताको चाहना र देशको वर्तमान अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँमा सोमबार सम्पन्न उक्त कार्यक्रमका वक्ताहरूले सरकारले जनचाहनाविपरीत कार्य गरेको भन्दै कम्युनिस्ट नामको सरकार गठन भएपछि झन् विदेशी हस्तक्षेप बढेको बताएका छन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कम्युनिस्ट नामको सरकारको गठनपछि महँगी, भ्रष्टाचार, बलात्कार बढेको भन्दै सरकार फासिवादी बन्दै गएको बताए । उनले संविधानले दिएको भेला हुने पाउने, सङ्गठित हुन पाउने, विरोध तथा जुलुस गर्न पाउनेलगायत अधिकार पनि उपयोग गर्न नदिएर सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको उनको भनाइ थियो । सरकारले देशैभरि गिरफ्तारी, धरपकड र यातना दिएको, जनतालाई शान्ति र सुशासन दिनुको साटो दमनमा गएको भन्दै उनले आपत्ति प्रकट गरे ।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले नेपालको हजारौँ हेक्टर जमिन मिचेको भन्दै भारतीय सीमामा नियमन गर्नुपर्ने र सीमा विवाद हल गर्नुपर्ने बताए ।
कार्यक्रममा नायक तथा सीमा काँडेतार अभियानका अभियन्ता नवल खड्काले सिमानामा काँडेतार लगाउनुपर्ने र सीसीटीभीमार्फत निगरानी राख्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा पूर्वगभर्नर एवम् वामपन्थी बुद्धिजीवी दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका पूर्वअध्यक्षसमेत रहेका प्राध्यापक रमेश शर्मा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, सूव सेनलगायतले सरकार इतिहासमै असफल भएको धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता सङ्गठनका अध्यक्ष टीका कँडेलले र सञ्चालन नरोत्तम पाण्डेले गरेका थिए । कार्यक्रम नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा यही मङ्सिर ८ गते काठमाडौँमा आयोजना गरेको प्रदर्शन तथा जनसभा तयारीका सन्दर्भमा गरिएको सङ्गठनले जनाएको छ ।
सुर्खेतमा अन्तरक्रिया सम्पन्न
सुर्खेतमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको संकटको विकल्प वैज्ञानिक समाजवाद नै रहेको बताएका छन् । बेलाबेलामा संकट समाधान भनियो तर घुमिफिरि दलाल संसदीय व्यवस्थाले देशले निकास पाउन नसकेको बक्ताहरुको जोड छ ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका भेरी ब्यूरो सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धुब्रले आफ्नो पार्टीले देशका निकास तथा राष्ट्र र जनताका लागि बलिदान गर्न अन्तिम निर्णय लिइसकेको बताउनुभयो ।
‘सिंहदरबार होइन अपराधी दरबार बनेको छ, प्रधानमन्त्री र सिंहदरबार अपराधी संरक्षण गर्ने थलो भएको छ, यहाँनेर जनताले जबरजस्त मान्नुपर्ने कारण के छ? उहाँले प्रश्न गर्दै भन्नुभयो –त्यसैले हामी मान्दैनौं र यो व्यवस्थाले निकास पनि दिदैन । ’
कार्यक्रममा कम्युनिष्ट पार्टीका सुर्खेत जिल्ला संस्थापक लिलाधर गौतमले यो कम्युनिष्ट पार्टीले अझ संगठनलाई विस्तारिकरण र सुदृढीकरणमा व्यापक ध्यान दिदै जाओस् भन्ने सुझाव दिनुभयो । नेकपा क्रान्तिकारी माओवादीका खडानन्द लामिछानेले नामधारी कम्युनिष्टले नै झन् संकट पैदा गरेको बताउनुभयो । यस्तो बेलामा सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । भेरी ब्यूरो सदस्य अडिगको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भेरी ब्यूरो सदस्य हिमशिखरले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुर्खेत जिल्ला सदस्य रघुविरले गर्नुभएको हिमशिखरले जानकारी गराउनुभएको छ ।
यस्तै अन्तरक्रिया कार्यक्रम पाल्पा, बुटवल पोखरा सम्पन्न भएको बताइएको छ ।
बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टीले आज केन्द्रीय कार्यक्रम अनुसार पाल्पामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रियाको बिषय प्रष्ट पार्ने क्रममा जिल्ला इन्चार्ज सामनाले संसदीय ब्यवस्थाको नाममा पार्टीका नेताहरूले अनावश्यक रुपमा धरपकट गरिएको हुदा यस्ता गतिबिधी बिस्तारै अन्त्य गर्नुपर्ने र यस्ता कारणले बाहिर खुलेर आफ्ना बिचारहरु समेत राख्न नपाउने बताइन् ।
साथै नेपाली काङ्ग्रेसका जिल्ला सचिब अजयमान कर्माचार्य, राष्ट्रिय जनमोर्चा अध्यक्ष बिशाल दर्लामी, बुद्धिजीवीहरु निर्मल श्रेष्ठ र बुद्धिप्रसाद शर्माले नेपालमा दुई तिहाइ बामपंथी सरकार भएको देशले नि केहि नितिनियम तथा उनिहरुको सरकार गठन पछि नेपालमा घटेका घटनाहरुले झन् उनिहरुलाइ आफैमा लज्जास्पद देखिएको भनेका छन् । सत्तामै रहेको पार्टी नेकपाका जिल्ला नेता नेत्र पाण्डे र धनेन्द्रराज घिमिरेले समेत पार्टीको क्रियाकलापहरु मन नपरिरहेको र यस्ता कुराहरु सच्याउन आग्रह गरिराखेको समेत जानकारी दिए ।

