काठमाडौं, ४ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ को विरोध रेयाली र जनसभाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका जनसभा प्रचारप्रसार उपसमितिका संयोजक मिलनले आज एक सूचना प्रकाशित गर्दै भोलि बुधबार दिउँसो १ बजे काठमाडौंमा एक पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् । पत्रकार सम्मेलन काठमाडौंको भृकुटीमण्डपमा हुने जनाइएको छ ।
पार्टी पुनर्गठन भएको दिन पारेर नेकपाको केन्द्रीय समितिको आयोजनामा राजधानीमा हुने विशाल र्याली र जनसभाबारे कार्यक्रम सार्वजानिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको संयोजक मिलनले बताए । सम्मेलनमा उपस्थित भई समाचार संकलन तथा प्रचार–प्रसारमा सहयोग गर्न सम्पूर्ण संचारमाध्यमहरुसँग सूचनामा उल्लेख गरिएको छ ।
फाइल तस्बीर
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline