नेकपाका जिल्ला इन्चार्ज कुमालसहित तीन जना गिरफ्तार, सरकारी हस्तक्षेप तीव्र

नेकपाका जिल्ला इन्चार्ज कुमालसहित तीन जना गिरफ्तार, सरकारी हस्तक्षेप तीव्र

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौँ, ३ मंसिर । मंसिर ८ काे जनप्रदर्शन नजिकिँदै गर्दा  नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारकाे दमन तीव्र भएकाे छ । सरकारले उसका नेता तथा कर्यकर्तामाथि गिरप्तार कार्यलाइ बढाएकाे छ ।

यसैबीच साेमबार मात्र नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज सहित तीन जना गिरफ्तार परेका छन् । इन्चार्ज योगेन्द्र कुमाल, जीवन क्षेत्री, विद्यार्थीका जिल्ला अध्यक्ष शुसान सुवेदीसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको हाे ।

यसअघि अाइतबार मात्र भापाकाे दमकमा नेकपाले सडकभित्तामा टाँस गरेकाे प्रचार पाेष्टर प्रहरीले च्यातेर दमनकाे संकेत दिइसकिएकाे थियाे ।

गण्डक ब्युरोे इन्चार्ज आस्थाले आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाइन् । उनीहरुलाई तत्काल रिहा गर्न माग गरेकी छन् ।

उनीहरुलाई साेमबार जिल्लाबाटै यही मंसिर ८ गतेको प्रचारप्रसार गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको नेकपा गण्डकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ