सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र बाँड्दै

सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र बाँड्दै

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, मंसिर ३ ।
सरकारले गृहकार्यको आठ वर्षपछि आजदेखि बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र बाँड्दै छ । चिप प्रविधिमा आधारित परिचयपत्र पाँचथर फिदिमकी १०१ वर्षीया वृद्धा भगवती भण्डारी र एक उच्च सरकारी अधिकारीलाई दिएर वितरण अभियान सुरु गर्न लागेको हो ।
गृहमन्त्री रामबहादुर थापाले दुईजनालाई परिचयपत्र हस्तान्तरण गरेर वितरण अभियानको उद्घाटन गर्ने कार्यक्रम छ। सुरुमा प्रधानमन्त्री केपी ओलीले नै उद्घाटन गर्ने कार्यक्रम तय गरिएको भए पनि स्वास्थ्य अवस्थाका कारण उनी उपस्थित नहुने भएका हुन।

पहिलो दिन पाँचथरका अन्य ४८ जनालाई पनि परिचयपत्र बाँडिने छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा परिचयपत्र वितरणका लागि सरकारले पहिलो चरणमा पाँचथरमा वितरण गर्न लागेको हो ।

तर, ७७ वटै जिल्लामा यसै वर्षबाट परिचयपत्र सुरु गरिने राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए । ०६६र६७ मा सरकारको नीति तथा कार्यक्रममै राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी योजना समेटिएको थियो।

०६७ मा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो। एक लाख १७ हजार परिचयपत्र छपाइका लागि सुरुमा एडिबीले अनुदान दिनेछ। यति कार्ड छाप्न करिब ५५ करोड रुपैयाँ खर्च हुने अनुमान छ। यसबाहेक सबै परिचयपत्र सरकारकै बजेटमा छापिनेछ।

सरकारले नागरिकतालाई विस्थापित गर्न राष्ट्रिय परिचयपत्र जारी गर्ने उद्देश्य लिएको थियो। तर, वितरण गर्न लागिएको परिचयपत्र नागरिकताको विकल्प नबन्ने भएको छ। परिचयपत्र लिए पनि नागरिकता लिनुपर्छ।

संविधानमा नागरिकता र राष्ट्रिय परिचयपत्रसम्बन्धी दुवै व्यवस्था भएकाले परिचयपत्रले नागरिकतालाई विस्थापित नगर्ने कार्यकारी निर्देशक काफ्लेले बताए। परिचयपत्रमा नागरिकता, लाइसेन्स, राहदानी, सामाजिक सुरक्षासम्बन्धी परिचयलगायत सबै विवरण रहनेछन्। तत्कालका लागि नागरिकता लिएका व्यक्तिलाई मात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ। पछि सबै नागरिकलाई दिइने योजना छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ