नेकपाद्वारा काठमाडौँमा प्रचारप्रसार तथा जागरणसभा तीव्र

नेकपाद्वारा काठमाडौँमा प्रचारप्रसार तथा जागरणसभा तीव्र

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ, ३ मंसिर ।

नेकपा र जनवर्गीय सङ्गठनहरूले मङ्सिर ८ गतेको जुलुस र सभालाई व्यवस्थित गर्न प्रचारप्रसार तथा जागरणसभा तीव्र पारेका छन् । नेकपा काठमाडौँले बल्खुचोकमा जागरणसभा सम्पन्न गरेकोे छ । उक्त कार्यक्रममा नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जनले सरकारद्वारा गरिएको महँगी, भ्रष्टाचार, करवृद्धि र दलाल पुँजीवादी व्यवस्थाका विरुद्धमा हुने जनसभामा सहभागि हुन अपिल गरेका छन् । उनले राष्ट्रघातका विरुद्धमा राष्ट्रवादीहरु एक हुनु पर्ने बताएका छन् ।

उक्त संगठनले काठमाडौँको कलंकी, चक्रपथ, बलाजु, चाबहिल, कोटेश्वर, कालीमाटी, असनचोक, प्रदर्शनीमार्ग र नयाँ बसपार्कलगायत चोकहरुमा झण्डा, ब्यानर प्रर्दशन गरेको जानकारी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्यायले दिएकी छिन् । त्यसैगरी गोरखाबाट प्राप्त समाचारअनुसार गोरखाको गोरखाबाजार र मझुवा देउरालीलगायतमा झण्डा तथा ब्यानर प्रदर्शन गरिएको छ । त्यसैगरी नेकपा भक्तपुरले पनि जिल्लाको विभिन्न ठाउँमा झण्डा ब्यानर तथा जनजागरण सभा सम्पन्न गरेको जानकारी जिल्ला सेक्रेटरी बुद्धि पुनले दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ