दमक, २ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाण्डौमा आयोजना गरेको मंसिर ८ को जनसभा कार्यक्रमको तयारी तिब्र पारेको छ ।
साताव्यापि कार्यक्रम अन्तरगत काठमाण्डौ उपत्यका सहित देशभर नेकपाका कार्यकर्ताले झन्डा र ब्यानर प्रदर्शन गरेका छन् । ब्यानरमा ‘संसदीय व्यवस्था खारेज गरौँ, वैज्ञानिक समाजवाद स्थापना गरौँ, मङ्सिर ८ गते काठमाडौँ जाऔँ’ लगायत नारा लेखिएको छ ।
झन्डा र ब्यानर प्रदर्शन कार्यक्रमअन्तर्गत पूर्वीकमान्डका दमक, बिर्तामोड, काँकडभिट्टा, मेची सडकरोड, सप्तरीका खरचुइँया, सिसवारी, राजविराज, भोजपुर, गाईघाट, मिर्चैया, गोलबजार, धनगढी, लाहान र जलेश्वरमा झन्डा र ब्यानर प्रदर्शन गरिएको समाचार प्राप्त भएको छ ।
त्यसैगरी रोल्पाका होलेरी, झुलनेटा, थबाङ, लिबाङमा झन्डा र ब्यानर प्रदर्शन भएको छ ।

त्यसैगरी म्याग्दीको बेनी, बागलुङको मालढुङ्गा, नवलपरासीको गैँडाकोट, पाल्पाका रिडी, गुल्मीको तम्घास, तनहुँका डुम्रे, दमौली, कपिलवस्तुका शिवपुर, गोरुसिङ्गे, सालझन्डी, चन्द्रौटा, लुम्बिनीका हुलाकी सडक र चितवनका खोलेसिमल, मेघौली, पूर्वी चितवनको खैरहनी, पर्शा, टाँडी, खोलेसिमल, माडीको बसन्तपुर, भरतपुरको चौविसकोठीलगायत स्थानमा पनि नेकपाका झन्डा र ब्यानर टाँगिएको जिल्ला संवाददाताहरूले जनाएका छन् ।
उदयपुरको गाइघाट,बेल्टार ,रामपुरठोल्सिला,कटारी लगायत शहर तथा गाउँहरुमा ब्यानर झण्डा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ !
उता ताप्लेजुङमा पार्टी पुनर्गठन दिवसकाे प्रचारप्रसारले तिब्रता पाएकाे छ । फुङ्लिङकाे विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिएकाे छ ।
नेकपाका कार्यकर्ताले बुद्धचाैक, पाथिभराचाैक, ताेक्मेमन ब्यानर टाँगेका छन् ।
नेकपाले यही मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौँमा हुने बृहत् प्रदर्शन तथा जनसभालाई प्रभावकारी बनाउन साताव्यापी कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रमअन्तर्गत आइतबार देशभर पार्टीका झन्डा र ब्यानर प्रदर्शन गरिएको हो ।
प्रचारप्रसारमा प्रहरी हस्तक्षेप
नेकपाले आयोजना गरेको जनसभाको तयारी स्वप देशभर प्रचारप्रसारको कार्य तिब्र पारिरहदा प्रहरीले बिभिन्न स्थानमा हस्तक्षेप समेत गरेको छ ।
यसअघि पर्चा सहित पाचथरमा एकजनालाई गिरफ्तार नै गरेको थियो भने आईतवार झापामा भित्तामा टासिएका पर्चाहरु च्यात्ने कार्य गरेको समाचार प्राप्त भएको छ ।
यही मङ्सिर ८ गते काठमाडौँ जाऔँ भनेर टाँसेको पोस्टर र ब्यानर पूर्वका विभिन्न जिल्लामा नेकपाको प्रचारप्रसारमा प्रहरीद्वारा हस्तक्षेप गरिएको छ । पाँचथर, सप्तरी, झापाको दमकमा टाँसिएको पोस्टर र ब्यानर प्रहरीले नै च्यात्दै हिँडेको फेलापरेको छ ।
प्रधानमन्त्री केपी वलीको निर्वाचन क्षेत्रमा आइतबार झापाको दमकमा विप्लव नेकपाको आन्दोलनको पोस्टर र ब्यानर किन टाँसेको ? भन्दै प्रहरीले च्यातेको प्राप्त समाचारमा उल्लेख छ । कतिपय ठाउँमा प्रहरीले ब्यानर र पोस्टर कब्जा समेत गरेको छ ।
सप्तरी संवाददाताले दिएको जानकारीअनुसार सप्तरीबाट गाईघाटतर्फ लाग्ने सडकमा पर्ने सिसवारमा पनि नेकपाको पोस्टर र ब्यानर च्यातिएको छ । पार्टीको पोस्टर र ब्यानर नच्यात्न आग्रह गर्दै नेकपाले प्रचार सामग्री च्यातिएको घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ ।





