परराष्ट्रमन्त्री ज्ञवाली जापान जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली जापान जाँदै

  • शनिबार, मंसिर १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं मंसिर १ ।
जापान पाँच दिने भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज त्यस तर्फ जाँदै हुनुहुन्छ । उहाँ जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो ।

मन्त्रालयका अनुसार आगामी सोमबार नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधि मण्डलस्तरीय वार्ता हुनेछ ।

दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायतासम्बन्धी हस्ताक्षर समारोह समेत हुनेछ ।

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल लगानी कार्यशालालाई उहाँले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुनेछ भने जापानमा रहेका नेपालीसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ