काठमाडौं, मंसिर १ ।
पार्टी भित्र आन्तिरक विवाद बल्झिरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक आह्वान गर्नु भएको छ ।
पार्टी्भित्रको एकता मजबुद बनाउन, पार्टीको भावी कार्ययोजना बारे छलफल गर्न र नेविसंघको महाधिवेशनको बारे छलफल गर्न भन्दै देउवाले आज बैठक बोलाउनुभएको हो ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको विधान, आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको महासमिति बैठक र नेविसंघको महाधिवेशन लगायतका विषयमा समेत छलफल हुने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु समेतलाई अनिवार्य उपस्थित हुन भनिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline