काठमाडौं, कात्तिक ३० ।
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घ (यूएन)का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गएराति भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले यूएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनुभएको छ ।
उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्रा्ष्ट्रिय अभियानमा भाग लिन गत बुधबार नेपाल आउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
यसैगरी उपमहासचिव मोहम्मदले नेपालले दिगो विकास लक्ष्य सन् २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपमहासचिव मोहम्मदले नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको भन्दै नेपाल सरकारको प्राथमिक क्षेत्रका आधारमा सहयोग गर्न तयार रहेकोसमेत उल्लेख गर्नुभएको छ ।