मन्त्रिपरिषदका निर्णयहरु अब बिहीबारमात्रै सार्वजनिक गरिने

मन्त्रिपरिषदका निर्णयहरु अब बिहीबारमात्रै सार्वजनिक गरिने

  • शुक्रबार, कार्तिक ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, कात्तिक २९ ।
सरकारले मन्त्रिपरिषद बैठकबाट हुने निर्णयहरु हरेक साताको बिहीबारमात्रै सार्वजनिक गर्ने भएको छ ।

सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा विभिन्न मन्त्रालयका प्रवक्ताहरुलाईसमेत राखेर पत्रकार सम्मेलन गर्दै सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटले बैठकका निर्णयहरु ४८ घन्टापछिमात्रै परिपक्क हुने हुँदा हरेक बिहीबार सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

सूचना लुकाउने सरकारको मनसाय नभएको भन्दै उहाँले सूचनालाई व्यवस्थित गर्नमात्रै खोजिएको बताउनु भयो । पत्रकार सम्मेलनमा गत कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु जानकारी गराइएको थियो ।

सरकारले इजरायलका लागि नेपाली राजदूत रहेका निरञ्जन थापालाई फिर्ता बोलाएको र उक्त स्थानमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको समेत सन्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

यस्तै, तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको करिब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याइएको समेत जानकारी दिएको छ ।

यस्तै सर्लाहीमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख रुपैयाँ राहत दिने र घाइतेको निःशुल्क उपचार गर्नेलगायत २२ ओटा निर्णय यसअघि बसेको मन्त्रिपरिषदले गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ