पत्रकार देविराम देवकोटामाथि बाँकेकाे काेहपुरमा आक्रमण

पत्रकार देविराम देवकोटामाथि बाँकेकाे काेहपुरमा आक्रमण

  • बिहिबार, कार्तिक २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

२९ कात्तिक,काठमाडौँ । रेडियो थाहा सन्चारमा कार्यरत पत्रकार देविराम देवकोटामाथि बाँकेकाे काेहपुरमा आक्रमण भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ आउने क्रममा देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले अाक्रमण गरेका हुन् ।

देवकोटाका पत्नी पार्वता थापा देवकोटाका अनुसार काठमाडौँ आउनलाई बसको टिकट काटेको तर हिड्ने बेला उक्त सिटमा समितिले अरुलाई नै बसेलापछि विवाद सुरु भएको थियो ।

देवकोटाले भेरी अन्चल यातायात व्यावसायी संघद्धारा सन्चालील ५३ ६४ नम्बरको बसकाे सिट सहितका दुई टिकट काटेका थिए तर समितिले दुबै सिटमा अरुलाई नै बसालेको थियो । बच्चालाई एउटा सिटको व्यवस्थापन गर्न आग्रह गर्दा करिब ७ बजेतिर उल्टै आक्रमण भएको पार्वताले बताइन् ।

पत्रकार देवकोटाको टाउको र आँखामा गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि चोट लागेको छ । उनका कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । टाउकाको सिटीस्केन गरिएको छ ।

अवस्था गम्भीर भएकोले थप उपचारको लागि काठमाडौं ल्याउनु पर्ने हुन सक्ने बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ