विराटनगर, २९ कार्तिक । मुलुकमा मौलिक अधिकार प्राप्त संविधान निर्माण भएर कार्यान्यवनमा आइसकेकोले राजनीतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न नहुनेमा अधिकारकर्मी सरोकारवालाले जोड दिएका छन् ।संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहित सबै मौलिक हक कार्यान्वयन हुनुपर्नेमा उनीहरूकाे जाेड छ ।
क्रान्तिकारी पत्रकार संगठन केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा मोरङको संयोजनमा आज बिराटनगरमा भएको मानव अधकिार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले उत्पीडितहरुले जब शोषण, अन्याय, अत्याचारका विरुद्ध विद्रोह गरेर उन्मुक्ति पाउछन् तब मात्र नागरिहरुले मानवअधिकारको व्यवहारमा प्रत्याभूत गर्न पाउने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश निर्देशक मोहनदेव जोशीले नेपालले मानवअधिकार पक्षका विभिन्न १८ वटा अभिसन्धिमा हस्ताक्षर गरिसकेकोले त्यसलाई सरकारले पालना गर्नुपर्ने बताउनु भयाे ।
जोशीले मानवअधिकार मानवअधिकारको विश्वव्यापी घोषणा पत्रमा समेत न्याय र समानताका लागि नागरिकले बिद्रोह गर्न पाउने कुरा उल्लेख रहेको बताउनु भयो ।संविधानमा भएका कुरा व्यवहारमा कार्यान्वयन नहुनुले नै मानवअधिकार दिनानुदिन हनन हुँदै गएको बताउनुभयो । ।
नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुँईटेलले आस्थाको आधारमा नागरिकहरुलाई पक्राउ गर्ने राज्य कानुनी र लोकतान्त्रिक हुन नसक्ने बताउनु भयाे । बिनाहातहतियार स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने र आफ्नो विचार व्यक्त गर्ने अधिकार सबै नागरिकलाई भएकोले संविधानअनुसार मानव अधिकारको पालना गर्नु राज्य र सरकारको दायित्व हुने उहाँको भनाइ थियो।
नेकपा मोरङका संयोजक ऋषि पोखरेलले विद्रोही बनेर अलग अस्तित्व खोज्नुभन्दा पनि सबैले न्याय र समानताका लागि पहल गर्नुपर्नेमा जोड दिदै अधिकारको कुरा गर्दा कर्तव्य पनि भुल्न नहुने बताउनु भयाे । उहाँले सरकार कम्युनिष्टकाे भएपनि सत्ता कम्युनिष्का हातमा नरहेकेा बताउनु भयाे । अधिकार माग्ने र जवाफदेहितालाइ वेवास्था गर्न नहुने उहाँकाे तर्क थियाे ।
नेपाली कांग्रेसका नेता जनार्धन निराैलाले वर्तमान सरकार पाँच बर्षसम्म नै चल्नुपर्ने भन्दै त्यसाे हुन नसके कम्युनिष्ट सरकारका लागि दुर्भाग्य हुने बताउनु भयाे ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ सेक्रेटरी नवराज भटराइले विचार र अास्थाकै अाधारमा वर्तमान सरकार दमनमा उत्रिएकाे बताउनु भयाे । उहाँले सरकारले जनताको हक अधिकारलाई यसैगरी कुण्ठित गरे समानान्तर सरकार बनाउने चेतावनी दिनुभयो । उत्पीडित जनताहरुको अधिकार, राष्ट्रिय स्वाधिनता, जनजीविका, जनतन्त्रको कुरा उठाउनु कुनै अपराध होइन तर अहिलेको व्यवस्थाले यी कुरा उठाउदा अपराध देख्ने र दमन गरेकै कारण अहिलेको व्यवस्थाको विकल्प संघर्ष गरिरहेको बताउनुभयो ।
नेकपा क्रान्तिकारी (माओवादी)का केन्द्रीय सदस्य सिताराम बुढाथोकीले मानवअधिकार उत्पीडित जनताहरुले उठाउने कुरा हो तर सत्तासिन व्यक्तिहरुले नै मानवअधिकारको चर्को कुरा गर्ने व्यवहारतः त्यसको घाटी निमोठ्ने प्रवृतिले मानवअधिकारको अवस्था कमजोर रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रलले मुलुकमा भएका हरेक राजनितक अान्दाेलनमा पत्रकार र पत्रकार महासंघ महत्वपूर्ण भुमिका निर्वाह गरेकाे चर्चा गर्नुभयाे । उहाँले भन्नुभयाे, राज्यसत्तामा पुगेपछि हिजाेका क्रान्तिकारीहरू पनि दमनमा उत्रिदा रहेछन् अभिब्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने कार्य हुनेरहेछ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले सार्वजनीक कार्यक्रममा पत्रकारलाइ अभद्र रूपमा गाली गरेकेा प्रति अाप्पती जनाउदै तत्कालै पत्रकारले अापत्ति जनाएकाे स्मरण गर्दै अध्यक्ष पाेख्रेलले यस्ता घटनाहरू दाेहाेरिदै जाँदा यस्ता बहस र कार्यक्रमले केहि फाइदा पुग्ने धारणा राख्नुभयाे ।
नेकपा माओवादी केन्द्रका बिमल निरौला, अखिल नेपाल शिक्षक संगठनका सचिव विकास न्यौपाने लगायतका वक्ताहरुले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय प्रदेश नं. १ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएकोमा दुख व्यक्त गर्दै सरकारको कार्यशैलीको कडा आलोचना गरेका थिए । साथै पढाउदै गरेका शिक्षक, मिडियामा काम गरिरहेका पत्रकार, व्यापारी लगायतलाई राज्यले विना कारण गिरफ्तार गरि दुख दिने कामप्रति अधिकारकर्मीले चासो व्यक्त गरेका थिए ।
भिडियाे हेर्नुहाेस्।
https://www.facebook.com/sirjanatimsina11/videos/2145345915781260/?t=4545
