क्याबिनेटको निर्णय तत्काल सार्वजनिक गर्ने या नगर्ने भन्नेबारे थप छलफल

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक गर्ने या नगर्ने भन्नेबारे थप छलफल

  • बिहिबार, कार्तिक २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, कार्तिक २९ ।
क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप छलफल थालेको छ ।

क्याबिनेटको निर्णय लुकाइएको भन्दै सरकारको सार्वजनिक आलोचना बढेपछि आज मन्त्रिपरिषदले क्याबिनेट बैठकको निर्णय कसरी र कहिले सार्वजनिक गर्ने भन्नेबारे थप छलफल गर्दैछ ।

‘क्याबिनेटका निर्णयहरु तत्कालै सार्वजनिक गर्ने कि ४८ घण्टापछि सार्वजनिक गर्ने भन्नेबारे आजको मन्त्रिपरिषदमा थप छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

ती मन्त्रीका अनुसार आजको छलफलपछि निर्णय कसरी सार्वजनिक गर्ने भन्नेबारे सरकारले ठोस नीति तय गर्नेछ ।
आज दिउँसो बोलाइएको क्याबिनेट बैठकका प्रस्तावहरु बैठकपूर्व मन्त्रीहरुलाई उपलब्ध गराइएको छैन ।

गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सरकारका प्रवक्ताले मिडियालाई जानकारी नगराएपछि सरकारको आलोचना भएको थियो ।

क्याबिनेटका निर्णयहरु तत्काल सार्वजनिक नगरिने सरकारका वक्ता गोकुल बास्कोटाले पत्रकारहरुलाई बताएका थिए । तर, केही मन्त्रीहरुले अनौपचारिक रुपमा भने निर्णयहरुबारे जानकारी दिएपछि मिडियामा समाचार प्रकाशित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ