प्रदेश सरकार गठन भएको नौ महिनासम्म पनि ४ वटा प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेन

प्रदेश सरकार गठन भएको नौ महिनासम्म पनि ४ वटा प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेन

  • बिहिबार, कार्तिक २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

हेटौंडा, कार्तिक २९ ।

चुनावपछि प्रदेश सरकार गठन भएको नौ महिना बितिसक्दा पनि अझै चारवटा प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेको छैन। दलीय, जातीय र भेगीय स्वार्थका कारण प्रदेशको नाम र राजधानीको मुद्दा पेचिलो बन्दै गएको छ। विवादित बनिने र राजनीतिक स्वार्थ पूरा नहुने अवस्था देखिएपछि प्रदेशसभामा यी विषयले महत्व पाएका छैनन्। प्रदेशसभा तथा संसदीय दलको बैठकमा समेत यी विषयमाथि छलफल हुन छाडेको छ।
चबमष्य लबनबचष्प अयखभच बम

नाम र राजधानी टुंगो लाग्न नसकेका प्रदेश नंं १, ३ र ५ को सभामा नेकपाको दुई तिहाई बहुमत छ। संविधानले दिएको अधिकार प्रयोग गर्ने हो भने पनि यी प्रदेशमा नेकपाको निर्णय अन्तिम हुनेछ। प्रदेश नं। २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको बहुमतीय सरकार छ । यो प्रदेशमा पनि नेकपाको सहयोग भयो भने दुई तिहाई पुग्ने अवस्था छ। तथापि दलका नेताको भेगीय र जातीय स्वार्थले निर्णय गर्न अप्ठ्यारो पर्दै आएको छ। नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ