‘भ्रष्टाचारी मन्त्री’ भनेपछि मैले पत्रकारलाई ‘हिम्मत् भए लिन आऊ’ भनेको हुँः मन्त्री बास्कोटा

‘भ्रष्टाचारी मन्त्री’ भनेपछि मैले पत्रकारलाई ‘हिम्मत् भए लिन आऊ’ भनेको हुँः मन्त्री बास्कोटा

  • बिहिबार, कार्तिक २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काभे्रपलाञ्चोक, २२ कात्तिक।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचार मुक्त भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका–२ र ३ नं वडा कमिटीद्वारा आज कुशादेवीमा आयोजित देउसीभैलो एवं सांस्कृतिक कार्यक्रममा उहाँले भन्नुभयो, “यो सरकार भ्रष्टाचार मुक्त छ र गर्छ भन्नेमा पनि शङ्का नगर्नुस् ।’

मन्त्री बाँस्कोटाले आफूले भ्रष्टाचार गरेको कसैलाई लागे मात्रै सात पुस्तासम्म छानबिन गर्न आग्रह गर्दै केही समयअघि आफूलाई ‘भ्रष्टाचारी मन्त्री’ भनेर चरित्र हत्या गर्ने खोजेकाले ‘हिम्मत् भए लिन आऊ’ भनेको बताउनुभयो ।यसअघि मन्त्री बास्टोकाटाले पत्रकारलाई दसैँ आएको छ पैसा लिन आए हुन्छ भनेर अभिब्यक्ति दिनुभएको थियो ।

उहाँले भन्नुभयो, “मैले कहीँकतैबाट पैसा खाएको प्रमाणित गरेर देखाउ, जिन्दगीभर उसको दास बन्नेछु ।”

मन्त्री बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचार मुक्त मुलुक बनाउने अभियानमा लागेको चर्चा गर्दै हचुवाका भरमा जो सुकै व्यक्तिको चरित्र हत्या गर्ने अधिकार कसैलाई नभएको धारणा व्यत्तः गर्नुभयो । उहाँले भन्नभयो, “मर्दा कसैले केही लाने होइन, कात्रोमा खल्ती पनि हुँदैन, नाम र इज्जत लिएर जाने हो, हामी सोहीअनुरुप काम गर्दैछौँ ।”

मन्त्री बाँस्कोटाले ठूलठूला परियोजना निर्माणका लागि गृहकार्य गरिरहेको वर्तमान सरकार लगानी भित्र्याउने प्रयासमा रहेको बताउँदै “केही परियोजना हामी आफ्नै लगानीमा नसक्ने पनि हुनसक्छन्, त्यसैले सरकार लगानी भित्र्याउने प्रयास गर्दैछ”, भन्नुभयो ।

“समृद्ध नेपाल, सुखी नेपालीको महान अभियानमा सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो, “हामी सरकारमा खान गएका हैनौँ, देश बनाउने महान काम गर्न गएका हौँ, कसैले चिया पसलमा नकारात्मक सोचले फलाक्दैमा हाम्रो अभियानमा कुनै बाधा पर्दैन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ