काग्रेस सभापति देउवाले दिए कार्यकर्तालार्इ यस्ताे निर्देशन

काग्रेस सभापति देउवाले दिए कार्यकर्तालार्इ यस्ताे निर्देशन

  • बिहिबार, कार्तिक २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

२२ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ ।

आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको भन्दै  सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गर्नुभएकाे हाे ।

तिहार तथा नेपाल सम्वतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयाे ।

निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयाे ।

सभापति देउवाले नेपाल सम्वतका प्रवर्तक शंखधर शाख्वाले गरिवी निवारणमा पुर्‍याएको योगदानको पनि चर्चा गर्नुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी -प्रजातान्त्रिक)का केन्द्रीय सदस्य सुरेन्द्र केसीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ