विप्लव नेतृत्वको नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा कतारले गर्याे पिडितको उद्वार

विप्लव नेतृत्वको नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा कतारले गर्याे पिडितको उद्वार

  • बुधबार, कार्तिक २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

शिशिर भण्डारी/ कतार ।
नेपाल कम्युनिस्ट पार्टी निकट प्रबास ब्युरो सगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले कन्चनपुरका एक पिडित युवाको उद्वार गरेको छ ।
काठमाडौको सुलभ ओभरसिजबाट कतार गएका बेलरी नगरपालिका २ कंचनपुर का भरत राज पुरीलाइ मोर्चाले उद्धार गरी नेपाल फर्काएको हो ।
यस्तै अर्का युवा मेचि नगरपालिका ११ झापा का चन्द्र कुमार बि. क.लाई अर्को कम्पनिमा काम लगाईदिएको छ ।
दुबै जना सुलभ ओभरसिजमा बिदेश जान बुझाएको पासपोर्टमा डाइनामिक मेनपावरले श्रम स्वीकृति गराएर मेचि नगरपालिका ११ झापा का चन्द्र कुमार बि. क. र बेलरी नगरपालिका २ कंचनपुर का भरत राज पुरी लाई २०१८ फेब्रुअरी ०२ तारिकमा १८०० रियल तलब दिने सर्तमा कतार आएका थिए।
नेपाली ले नै संचालन गरेको “कर्णाली रिभर्स“ कम्पनी मा आएका उनीहरुले एक महिना काम गरेको मात्र १,००० हजार रियल दिएको तलब समेत नदिएको भन्दै प्रगतिशील मोर्चालाइ उद्वारका लागि संयुक्त निबेदन दिएका थिए । उक्त निवेदनपछि मोर्चा र नेपाली दुताबासको सयुक्त प्रयासमा पिडित चन्द्र कुमार बिक लाई अर्को कम्पनी मा काम लगाउन सफल भएको छ भने पिडित भरत राज पुरी लाई कतार आउदा मेनपावरलाई बुझाएको रकम र तलब नेपालमा नै पुगेपछि दिने सर्तमा स्वदेश फिर्ता पठाईएको छ ।
नेपाली जनप्रगतिशील मोर्चा कतारले यसअघि पनि थुप्रै पिडित युवाहरुको उद्धार गरिसकेको छ । मानव तस्करका बिरुद लडदै आएको मोर्चाले पिडितको उद्धार तथा राहत वितरण लगायतका सामाजिक कार्यहरु गर्दै आईरहेकै कारण अहिले लाखौ मजदुरहरुको प्रिय र साझा सगठनको रुपमा स्थापित हुँदै गएको छ ।
बैदेशिक रोजगारको नाममा हुने दलाली करणका बिरुद नेपाली जन प्रगतिशील मोर्चा कतार लडदै आए पनि पछिल्लो समय सामाजिक सेवाको नाममा खोलिएका बिभिन्न संघ संगठन र राजनितिक आबरण भित्र बसेका विभिन्न दलका भातृ सगठनले नै मजदुरहरुलाइ ठग्ने गरेको गुनासो सुनिदै आएको छ ।
सत्ता र पहुचको आडमा रोजगारिका लागि भौतारि रहेका युबाहरुलाइ सस्तो लोभ लालच देखाएर चर्को मूल्य उठाएर मजदुरलाइ ठग्ने गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी