धार्मिक सहिष्णुताको नमूना नेपाल

धार्मिक सहिष्णुताको नमूना नेपाल

  • बुधबार, कार्तिक २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

चितवन, २१ कात्तिक

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल धार्मिक सहिष्णुताको नमूनाको देश भएको बताउनुभएको छ ।

विश्वमा धर्मको नाममा हिंसा भएको बताउँदै उहाँले नेपालको धार्मिक एकताले विश्वमा पहिचान दिएको छ भन्नुभयो । भरतपुरको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आज सामूहिक गौ पूजन कार्यक्रममा उहाँले सबै धर्मलाई मिलाएर लैजान सक्ने क्षमता नेपालीमा भएकोे बताउनुभयो । सबै धर्मलाई सम्मान गरेर अगाडि बढ्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।

उहाँले हिन्दूधर्मले सबै धर्मको सम्मान गरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताउनुभयो । सो अवसरमा केन्द्रमा संरक्षण गरेर राखिएका १५० गाईको पूजा गरिएको थियो । बागेश्वरीमा वर्षेनी सामूहिक गौ पूजन गरिन्छ । लक्ष्मी पूजाको अवसरमा आज केन्द्रमा गाईको पूजा गर्न ठूलो भीड लागेको थियो । गाई पूजासँगै गोवद्र्धन पूजा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ