यसरी भयाे सरकारको योजना असफल

यसरी भयाे सरकारको योजना असफल

  • बुधबार, कार्तिक २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, २१ कात्तिक । चालू अंग्रेजी बर्षलाई उच्चस्तरीय भ्रमण बर्ष बनाउने सरकारको योजना असफल भएको छ । सन् २०१८ मा विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखहरुको उच्चस्तरीय भ्रमण गर्ने सरकारको लक्ष्य थियो । तर, ११ महिनासम्म भारतबाहेक अन्य देशबाट उच्चस्तरीय भ्रमण भएको छैन । कूटनीतिक स्रोतहरुका अनुसार अब झन्डै दुई महिना अवधिमा चीनबाट उच्चस्तरीय भ्रमण हुने सम्भावना छैन ।
बेलायतका प्रधानमन्त्री कहिल्यै आएनन् :
बेलायतसँग नेपालको कूटनीति सम्बन्ध सबैभन्दा पहिलो हो । तर, २०० वर्षको दौत्य सम्बन्धमा अहिलेसम्म एउटै पनि बेलायती प्रधानमन्त्री नेपाल आएका छैनन् । नेपालले बेलायतका हरेर प्रधानमन्त्रीलाई निम्तो भने दिने गरेको छ । तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले २०७० पुसमा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलाई भेटेर प्रधानमन्त्री केपी ओलीका तर्फबाट भ्रमणको निम्ता दिएका थिए, तर आएनन् । बेलायतबाट सांसद र स्थल सेनाध्यक्षको भ्रमण भने बाक्लै हुने गरेको छ । बेलायती राजपरिवारका सदस्यहरुले भने नेपाल भ्रमण गर्दै आएका छन् । २०१८ मा नेपालको राजकीय भ्रमण गरेकी बेलायती महारानी एलिजाबेथ ट्वितीय र २०४३ मा दोस्रो पटक आएकी थिइन् । त्यसयता अन्य सदस्यहरुको अनौपचारिक भ्रमण हुँदै आएको छ । – नयाँ पत्रिका दैनिकवाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ