कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महासमिति बैठकबारे छलफल गर्ने

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महासमिति बैठकबारे छलफल गर्ने

  • आइतवार, कार्तिक १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, १८ कार्तिक ।

महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न नेपाली कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक आगामि २० गते (मंगलबार) दिउँसो १ बजे बोलाइएको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
मंसिर पहिलो साता बस्ने भनिएको महासमिति बैठक तयारी नपुगेपछि केही समयपछि सार्ने तयारी भएको छ ।
विधान संशोधनका लागि मस्यौदा तयार पार्न गठित विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन समेत तयार नभएकाले महासमिति बैठक केही दिन पछि सर्न सक्ने पनि सहमहामन्त्री महतले बताए ।

पार्टी संस्थापन पक्षका नेतासमेत रहेका उनले महासमिति बैठक पछि सार्ने आफूहरुको कुनै मनसाय भने नरहेको बताए ।

कांग्रेसको आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो । तर, महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको कामसमेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिनपछि सार्ने संस्थापन पक्षको तयारी छ ।

चाडपर्वलगायतका कारण महासमिति बैठक पर सर्न सक्ने सहमहामन्त्री महतले बताए । महासमिति बैठकका प्र्रस्तुत हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनको कामलाई तीव्रता दिइएको कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ