रसुवागढी आयोजनाको सडक निर्माण

रसुवागढी आयोजनाको सडक निर्माण

  • आइतवार, कार्तिक १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

रसुवा, १८ कात्तिक । रसुवागढी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र थुमन गाउँका बासिन्दालाई मोटर यातायातको सुविधा दिन सडक निर्माण गरिएको छ ।

जलविद्युत् आयोजना टिमुरेका वातावरणविद् तथा जनसम्पर्क प्रमुख तेज साउदका अनुसार रोङ्गादेखि थुमनसम्म १३ किमी सडक निर्माण भएको हो । एक सय ११ मेगावाट सो जलविद्युत् आयोजनाका प्रभावित क्षेत्र गोसाइँकुण्ड गापा–१ थुमनका बासिन्दाको चाहना र आवश्यकतालाई ध्यानमा राखी विशेष कोष स्थापना गरेर मार्ग खोल्ने काम सम्पन्न भइसकेको तथा थोहुतससम्म काम भइरहेको उहाँले जानकारी दिनुभयो । सडक निर्माणसँगै उक्त क्षेत्रका ५०० भन्दा बढी घरपरिवारलाई दैनिक आवतजावतमा सहज हुने भएको छ ।

उक्त गाउँको स्वास्थ्य केन्द्रलाई एक नर्स र विद्यालयका लागि दुई शिक्षक व्यवस्था गरिएको र नियमित पूजाआजाका लागि गुम्बासमेत निर्माण गरिएको आयोजनाले जनाएको छ ।

किसानलाई परामर्श सेवा

धुञ्चेस्थित चरण तथा घाँसेबाली अनुसन्धान केन्द्रले मासिकरुपमा सयभन्दा बढी किसानलाई पोषणयुक्त घाँसका बारेमा परामर्श दिन शुरु गरेको छ ।

घाँस अनुसन्धानमा लामो समयदेखि परामर्श गरिरहनुभएका प्राविधिक अधिकृत नरेन्द्र शाहका अनुसार अनुसन्धान विशेष गरी हिउँदमा हिमाली क्षेत्रमा गरिन्छ । चौपायाको चरन क्षेत्र हिउँले पुर्ने भएकाले घाँस सुरक्षित गर्ने भन्ने बारेमा किसानलाई परामर्श सेवा प्रदान भइरहेको छ । परामर्श लिन यहाँ मासिक १०० देखि १५० किसान आउने गरेको बताइएको छ ।

समुद्री सतहदेखि एक हजार ८५० मिटर उचाइ रहेको धुञ्चे अनुसन्धान केन्द्रबाट पोषण घाँसको बिरुवा उत्पादन गरी वितरणसमेत हुने गरेको छ । किसानलार्ई बारीको कान्लामा डालेघाँसअन्तर्गत किम्बु, भोटेपीपल, बैंस, चुत्रो, टाँकीजस्ता बिरुवा रोप्न परामर्श दिने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ