पर्यटनमन्त्री अधिकारीको भिसा च्यातिएको अवस्थामा भेटियाे

पर्यटनमन्त्री अधिकारीको भिसा च्यातिएको अवस्थामा भेटियाे

  • आइतवार, कार्तिक १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, कात्तिक १८ । बेलायत जाने तयारीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातिएको अवस्थामा भेटिएको छ ।

आगामी सोमबारदेखि बेलायतको लन्डनमा हुने ‘विश्व पर्यटन मेला’ मा सहभागी हुन त्यहाँ जान लागेका मन्त्री अधिकारीको भिसा लागेको राहदानीको पानासहित च्यातिएको अवस्थामा भेटिएको हो । जसका कारण अब उनको पूर्वनिर्धारित समयमा लन्डन पुग्ने कार्यक्रम नै अन्योलमा परेको छ ।

भिसा लागिसकेको उनको राहदानीको पानासमेत च्यातिएको अवस्थामा भेटिनुमा अहिलेसम्म बेलायती दूतावास र काठमाडौंको राहदानी संकलक केन्द्र भीएचएफमध्ये कसको लापर्बाहीका कारण भिसा रद्द भएको हो भन्नेबारे आधिकारिक जानकारी बाहिर आएको छैन ।

शुक्रबार दिउँसो मन्त्री अधिकारीको भिसा संकलन गर्न काठमाडौंस्थित भीएचएफ कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई सो केन्द्रले च्यातिएको र रातो मसीले क्रस गरेर भिसा थमाएपछि उनको बेलायत भ्रमण नै प्रभावित हुन पुगेको हो । –राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ