अबको कार्यभार नेपाली विशेषतासहितको समाजवादः नेता खनाल

अबको कार्यभार नेपाली विशेषतासहितको समाजवादः नेता खनाल

  • शनिबार, कार्तिक १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बलेवा, १७ कात्तिक।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली विशेषतासहितको समाजवाद निर्माणको काम थाल्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको संविधान २०७२ ले नेपालमा समाजवादको कल्पना गरेकाले अबको कार्यभार नेपाली विशेषतासहितको समाजवाद निर्माण हुनुपर्छ ।”

नेता खनालले संसारको उत्कृष्ट संविधानको सूचीमा रहेको नेपालको संविधानका मुख्य लक्ष्य समाजवाद निर्माण गर्नुभएको उल्लेख गर्दै संविधानले परिकल्पना गरेका नागरिकका हकअधिकार स्थापित गर्नका लागि संविधानले तोकेका कार्यभार पूरा गर्न सबै नेपालीको दायित्व हुने बताउनुभयो ।

देशमा गणतन्त्र स्थापनापछि अब देश लोकतान्त्रिक मूल्य र मान्यताअनुसार चल्ने र लोकतान्त्रिक गणतन्त्रमा निर्वाचन महत्वपूर्ण पक्ष भएको बताउँदै नेपालको निर्वाचन प्रणाली विस्तारै महङ्गो हुँदै गएकाले यसलाई तत्काल सुधार नगरे धनाड्यको गणतन्त्रमा रुपान्तरण हुने बताउनुभयो ।

नेता खनालले देशको सिमाना सुरक्षा र स्वतन्त्रताको विषयमा जागरण ल्याउनुपर्ने बेला आएको बताउँदै “सुगौली सन्धिमा लेखिएबमोजिम महाकाली नदी हाम्रो देशको सिमाना हो तर नदी भन्दाभित्रका सबै भाग नेपालमा छैनन्”, भन्नुभयो ।

देशको सिमाना र स्वाभिमानको विषयमा सबैले मिलेर सङ्घर्ष गर्नुपर्नेमा जोड दिदैं उहाँले गरीबी निवारण र बेरोजगारीको अन्त्य अहिलेको प्रमुख चुनौती भएको धारणा व्यक्त गर्नुभयो ।

नेता खनालले नेपालमा ठूलाठूला परिवर्तन हुने समयमा देशका सबै राजनीतिक दल एकै ठाउँमा भएर सङ्घर्ष गरेको सम्झना गर्दैे सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सबै राजनीतिक दलको साझा कार्यक्रम बन्नुपर्नेमा जोड दिनुभयो ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अहिलेसम्म सत्यतथ्य पत्ता नलाग्नुमा प्रहरी प्रशासनको फितलो भएकै कारण भएको भन्दै उहाँले राणा र पञ्चायतकालका अवशेष प्रशासनमा रहेका कारण समस्या भएको बताउनुभयो ।

नेता खनालले प्रगतिशील प्रशासन नेपालको आवश्यकता भएको उल्लेख गर्दै “अब दुवै छिमेकीसँगको सम्बन्ध सुधार गर्ने र दुवै देशबाट सुविधा लिने वातावरण बनाउनु हाम्रो कार्यभार हो”, भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ