कन्चनपुरमा उपमेयर र वडाध्यक्षका उम्मेदवार सहित आधा दर्जन नेता सत्तारुढ दल छाडेर नेकपामा प्रवेश

कन्चनपुरमा उपमेयर र वडाध्यक्षका उम्मेदवार सहित आधा दर्जन नेता सत्तारुढ दल छाडेर नेकपामा प्रवेश

  • शुक्रबार, कार्तिक १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 33.5K
    SHARES

कन्चनपुर, १६ कार्तिक ।
कन्चनपुरमा सत्तारुढ दल नेकपा सहित बिभिन्न पार्टी आबद्ध आधा दर्जन नेताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी कंचनपुरको आयोजनामा कृष्णपुर नगरपालिका ५ मा भएको राजनीतिक क्रान्तिकारी धुर्विकरण कार्यक्रममा उनीहरुको नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश पुन लगायतका नेताहरुले स्वागत गर्नुभयो ।
पार्टी प्रवेश गर्नेहरुमा सत्तारुढ नेकपाबाट कृष्णपुर नगरपालिका स्थानीय तह निर्वाचनमा उपमेयरकि उम्मेदवार शर्मिला थापा, वसन्त भट्ट, धन बहादुर बोहरा, करन खड्का, यज्ञ भट्ट र स्थानिय तह कृष्णपुर न.पा. वडा नम्बर ९ का अध्यक्षका स्वतन्त्र उम्मेदवार हिक्मत अवस्थी र राप्रपा बाट अरुण भट्ट रहेका छन् ।


नेकपा कन्चनपुरका सेक्रेटरी राजेन्द्र विष्टको अध्यक्षतामामा भएको कार्यक्रममा महाकालि ब्युरो सदस्य संघर्ष, वि पि लगायतका नेताहरुको सहभागीता थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ