१६ कात्तिक, हेटौंडा । प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रवार स्थापितलाई पदबाट हटाएका छन् ।
याैनकाण्डमा मुछिएपछि बिबादमा परेका स्थापितकाे बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।
त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए । स्थापित काठमाडाै महानगरपालीकाकाे मेयर भएकाबेला कायर्लयकै पूर्व कमर्चारी रश्मिला प्रजापतिमाथि याैन हिंसा गरेकेा अाराेप लागेपछि उनकाे चाैतर्फि बिबाद भएकाे थियाे । उच्च अाेहदामा रहदा महिलामाथि याैन हिंसा गरेकाेले उनलाइ पदबाट हटाउनु पर्ने भन्दै चाैतर्फि दबाब पनि परेकाे थियाे ।
प्रजापतिले मन्त्री स्थापित मेयर भएकाबेला स्थापितको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको अनुभव सार्वजनिक भएपछि स्थापितलाइ बर्खास्त गर्न दबाब अाएपछि मुख्यमन्त्रीपनि अप्ठ्याराेमा परेकेा स्राेत बताउछ । बुधवारकाे बैठकमा मुख्यमन्त्री र स्थापितबीचकाे बिबादका क्रममा पनि स्थापितकाे उक्त याैनकाण्डले प्रवेश पाएकाे स्राेतकाे भनाइ छ ।
२०५४ /८ /१६ मा का. म. पा.मा सम्पदा तथा पर्यटन विभागमा शाखा अधिकृतको रुपमा जागिर सुरु गरेकी उनले आफुमाथि स्थापित पहिलो पटक मेयर भएकाबेला नै यौन हिंसा गरेको बताएकी छिन् । स्थापितले घुम्न जाने र ’क्वालिटी टाइम’ बिताउने प्रस्ताव राखेको र आफुले अस्वीकार गरेकै कारण पन्ध्र वर्षअघि जागिरबाट निकालिएँको दाबी प्रजापतिकाे छ । स्थापितकाे प्रस्ताव अस्वीकार गरेकै कारणा प्रजापतिलाइ दाेस्राे पटक का.म.पा.काे मेयर भएर अाएपछि पहिलाे बैठकबाट निर्णय गराएर जागिरबाट हटाइएकाे बताइन्छ
संविधानको धारा १६९ को उपधारा २ बमोजिम मन्त्री स्थापितलाई बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए । स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।