१४ कात्तिक,काठमाडौँ । सानिामा जनरल इन्स्योरेन्स कम्पनीको वीरगंजमा र विराटनगरमा नयाँ शाखा कार्यालय स्थापना भएको छ ।
दुबै शाखाकाे कम्पनीका सहायक महाप्रवन्धक राजु पौडेल र सहायक महाप्रवन्धक अनिलराज गिरीको उपस्थितिमा कम्पनीका संचालक खेमराज लामिछानेले उद्घाटन गरेका छन् । आ.व. २०७५/०७६ मा नेपाल देशैभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको कम्पनीले विराटनगर र वीरगंजमा कार्यालय स्थापना गरेको छ ।
कम्पनीले मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीलगयात सबै प्रकारका बीमामा सबैको पहुँच पुर्याउने उद्देश्यले शाखा कार्यालय स्थापना गरिएको हो । देशका सफल उद्योगी व्यवसायीहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा यस कम्पनीको प्रवर्धन गरिएको साथै दक्ष तथा अनुभवी कर्मचारीबाट सेवा प्रधान गरिएको छ ।
कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक वर्षभित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पुर्याउने लक्ष्य कम्पनीले राखेको छ ।