ईटहरी, १४ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी सुनसरी सेक्रेटरी पुष्प कोईराला र कोशि ब्युरो सदस्य डि.बी सिलवाल ९६ दिनपछि रिहा भएका छन् ।
गत साउन १८ गते सुनसरीको ईटरि हलगडाबाट गिरफ्तार परेका कोईराला र सिलवाल मंगलवार रिहा भएका हुन् ।
हतियार तथा खरखजना मुद्धामा संखुवासभा हिरासतमा राखिएका दुबै नेताहरुलाई जिल्ला अदालत संखुवासभाको आदेशमा रिहा गरिएको हो ।
सुनसरीबाट गिरफ्तार गरेर उनीहरुलाई संखुवासभा पुर्याईएको थियो ।
हिरासत मुक्त भएपछि नेकपा सुनसरी सेक्रेटरी कोईरालाले क्रान्तिकारीहरुका लागि जेल नेल सामान्य कुरा भएको प्रतिकृया दिदै जनताको अधिकारका लागि लडेको पार्टीका नेताहरुलाई गिफ्तार गरेर झुठा मुद्धामा फसाउने सड्यन्त्र गर्नेहरुमागि जनताले एक दिन हिसाव खोज्ने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टीले ल्याएको एकीकृत जनक्रान्तिको अभियान द्वारा दलाल सम्सदिय व्यवस्था को अन्त्य गरि समाजवादी व्यवस्था को स्थापनाको लागि आफुहरु निरन्तर लडिरहेने पनि प्रतिबद्धता जनाउनु भयो ।
केपी ओली – प्रचण्ड सरकारले झुठा मुद्धामा नेकपाका नेता कार्यकर्तालाई फसाउन खोजेपनि आफुहरुलाई अदालतले न्याय दिएको बताउनु भयो ।
उहाँले हिरासत बसेर पनि क्रान्तिको पक्षमा आफु निरन्तर लडेको भन्दै जनताको मुक्ति आन्दोलनमा निरन्तर लाग्न सबैलाई अपिल समेत गर्नुभयो ।