काठमाण्डौ, १४ कार्तिक ।
काठमाडौं महानगर पालीकाका पूर्वमेयर तथा प्रदेश नम्बर ३ का भौतिक योजना मन्त्री केशव स्थापितमाथि यौन उत्पीडनको आरोप लागेपछि महानगपालीकाले त्यसको खड्न गर्दै बिज्ञप्ती निकालेको छ ।
काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापतिले मन्त्री स्थापित मेयर भएकाबेला स्थापितको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको अनुभव सार्वजनिक गरेकी थिईन् ।
स्थापितले घुम्न जाने र ’क्वालिटी टाइम’ बिताउने प्रस्ताव राखेको र आफुले अस्वीकार गरेकै कारण पन्ध्र वर्षअघि जागिरबाट निकालिएँको सामाजिक सन्चालबाट सार्वजनिक गरेपछि बिभिन्न मिडियाले समाचार प्रकाशन गरेका थिए ।
उक्तm समाचार’भाईरल भएपछि काठमाण्डौ महानगरपालीकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यहि कार्तिक १२ गते विज्ञप्ती निकालेर स्थापितसँग जोडिएर आएका समाचारहरु भ्रमपूर्ण रहेको भन्दै उल्टै कामपाकी पूर्व शाखा अधिकृत रश्मीला प्रजापतिमाथि नै अनियमिता गरेको आरोप लगाउँदै सेवाबाट हटाईएको जनाएका छन् ।
कार्कीद्धारा जारी बिज्ञप्तीमा द काठमाण्डौ पोष्ट लगायतका बिभिन्न सन्चार माध्यममा प्रकाशित समाचारमाथि का.म.पा.को गम्भिर ध्यानाकर्षण भएको भन्दै स्थापितसँग जोडेर लेखिएका उक्त समाचार भ्रमपूर्ण रुपमा आएकोले झुठो र कपोलकपिल्त भएको बताईएको छ ।
यस्तै का.म.पा. अन्तरगतको हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रममा कार्यरत तत्कालिन शाखा अधिकृत रश्मिला प्रजापतिले अनियमिता गरेको र कर्मचारीलाई अभद्र व्यावहार गरेकोले २०६० साल श्रावण ३ गतेको निर्णय अनुसार उनलाई सेवाबाट हटाईएको उल्लेख छ । विज्ञप्तीमा तत्कालिन स्थानीय विकास मन्त्रालयका पदाधिकारी, कर्मचारी र यस कार्यलयबीच त्रीपक्षीय वार्ता भई २०६० श्रावण ३ गते भएको सहमतीमा प्रजापतिलाई तत्कालै का.म.पा.को अतिरिक्त समूहमा सरुवा गरी एक टोली गठन गरेर निजबाट भएका अनियमिताबारे अध्ययन गर्ने र सो अनुसार कार्वाहि गर्ने निर्णय भएकोमा उनलाई सोहि निर्णयका आधारमा हटाईएको जनाईएको छ ।
तर सो बेला प्रजापतिलाई सेवाबाट हटाउदा दिईएको अवकाश पत्रमा उल्लेखित मिति र कार्कीद्धारा अहिले जारी गरिएको विज्ञप्तीमा प्रजापतिलाई सेवाबाट हटाउन गरिएको निर्णय मिति भने फरक छ ।
प्रजापतिले सार्वजनिक गरेको अवकास पत्रमा महानगरपालीका कार्यलयको मिति २०६०/७/३ अर्थात ०६० साल कार्तिक ३ को निर्णय अनुसार कार्तिक ४ (२०६०÷७÷४) गते देखि लागु हुने गरि अवकाश दिईएको जनाईएको छ ।
यदि कार्तिक ३ गतेको निर्णय अनुसार प्रजापतिलाई सेवाबाट हटाईएको थियो भने अहिले कार्किले विज्ञप्तीमा किन चार महिना अघि नै अर्थात श्रावण ३ गते को निर्णय अनुसार हटाईएको भनेर किन विज्ञप्ती निकाले ?
यस्तै कार्कीको विज्ञप्तीमा प्रजापतिलाई सेवाबाट हटाउदा पूर्व मेयर केशव स्थापित कार्यलयको प्रमुख पदमा नरहेको पनि जनाएका छन् तर २०५४ /८ /१६ मा का. म. पा.मा सम्पदा तथा पर्यटन विभागमा शाखा अधिकृतको रुपमा जागिर सुरु गरेकी उनले आफुमाथि स्थापित पहिलो पटक मेयर भएकाबेला नै यौन हिंसा गरेको बताएकी छिन् ।
हेर्नुहाेस्, का.म.पा.ले निकालेकेा विज्ञप्ती र रश्मिलालाइ दिइएकाे अवकास पत्र ।
उनले भनेकी छिन्, मलाई केशव स्थापित पहिलो पटक मेयर हुँदा नै झण्डै ६ महिना निरन्तर आफुमाथि हिंसा भएको हो। शुक्रवार हुनेबित्तिकै मेयर(स्थापित)ले फोन गर्ने र शनिवार कहिले धुलिखेल रिसोर्ट त कहिले नगरकोट रिसोर्ट जाउँ, तिम्रो प्रमोसनको कुरा गर्नु छ भन्ने गर्थे ।
आफुले झण्डै ६ महिना यस्तो हर्कत सहेर बसेपनि एफएममा काम गर्न सुरु गरेपछि सोहि कार्यलयको टेलिफोनमा फोन गरेर “ तिमिसँग अर्जेन्ट कुरा गर्नु छ, गाडि पठाईदिएको छु तत्काल आउ” भन्ने निर्देशन दिनुभयो । तल मेयरको गाडि पार्किङमा थियो । त्यसपछि मेयरसँगै उनैको कार्यकक्षमा पुगेर प्रतिवाद गरेपछि आफुमाथि त्यस्तो ब्यावहार नगरेको भनेकी छन् ।
उनले दोस्रो पटक २०६० सालमा राजा ज्ञानेन्द्र शाहाको कार्यकालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा सिधै मेयरमा मनोनित भएर आएपछिको पहिलो बैठकबाट आफुलाई हटाएको बताएकी छन् ।
आफुलार्ई दिईएको अवकाश पत्र देखाउदै भनिन्, यसमा उल्लेख मिति अनुसार २०६० साल कार्तिक ३ गते को निर्णयअनुसार ४ गतेबाट लागु हुने गरी सेवाबाट हटाईएको छ ।
उनले महानगरबाट जारी विज्ञप्तीलाई सिधै झुठको खेतीको शंज्ञा पनि दिएकी छन् । पूर्व मेयर को कर्तुलाई ढाकछोप गर्न हचुवाको भरमा विज्ञप्ती निकालेको प्रतिकृया दिदै उनले पोलिग्राफिक टेष्टको खुल्ला चुनौति नै दिईन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा नै लेखेकि छन्, केशव स्थापितज्यू, यौन दुर्ब्यवहारको आरोप ढाकछोप गर्न भ्रमको खेती गर्न थाल्नुभयो, सक्नुहुन्छ भने आउनुस् म खुल्ला चुनौती दिन्छु पोलिग्राफिक टेष्ट र सार्वजनिक बहसका लागी ।
बिज्ञप्तीका बारेमा हामिले स्वयम प्रवत्ता त्रानेन्द्र कार्कीसँगै प्रतिकृया लिन मोवाईलमा सम्पर्क गर्दा अफ थियो भने सह प्रवत्ता नवराज ढकालको मोवाईल पनि अफ थियो । सूचना अधिकारी वसन्त आचार्यले भने म्यासेज मार्फत आफु मिटिङमा भएको जानकारी गराए ।
रश्मिला प्रजापतिले दिएको चुनौति स्वीकार गरेर के पोलिग्राफिक टेष्ट नै गर्न तयार होलान् त मन्त्री स्थापित ? अर्को तर्फ काठमाण्डौ महानगर पालीकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले आफैले हस्ताक्षर गरेर निकालेको बिज्ञप्तीमा रश्मिलालाई जागिरबाट हटाउदा दिईएको अवकासपत्रमा भएको भन्दा फरक मिति किन ? यो प्रश्न अहिले चर्चाको बिषय बनेको छ ।
AP1TV याे अन्तर्वार्ता पनि हेर्नुहाेस् ।
https://www.facebook.com/apnewshd/videos/754607781542537/?t=5
