राष्ट्रपति भण्डारी आज कतार जाने, यस्ताे छ राष्ट्रपतिकाे स्वागतकाे तयारी

राष्ट्रपति भण्डारी आज कतार जाने, यस्ताे छ राष्ट्रपतिकाे स्वागतकाे तयारी

  • सोमवार, कार्तिक १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाडौं, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज कतार भ्रमणमा जाँदै हुनुहुन्छ । कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भोलि दोहामा औपचारिक भेटवार्ता हुने तय भएको छ । भ्रमण क्रममा नेपाल र कतारबीच द्विपक्षीय हितका विविध विषयमा सम्झौता गर्ने तयारी गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकाससम्बन्धी, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् ।

राष्ट्रपति भण्डारी यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपतिकाे स्वागतमा कतारका सडकहरूलाइ यसरी सजाइएकाे छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ